मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन् : नेता कोइराला

Ujyalosandeshonline 12614+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘बद्लिदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरुले बचाइराखेको धारणा राखे । 

उनले भने,‘अरु केही होइन् सुशासन दिन सक्यौं भने, भ्रष्टाचारलाई शून्यमा झारौं र दण्डहीनतालाई अन्त्य गरौं भने हामी धेरै माथि पुग्छौं । अहिले जे जति चहलपहल देखिरहेको छौं त्यो सबै रेमिट्यान्सबाट मात्रै हो । हामीलाई खाडीमा रहेका नेपालीहरुले बचाइरहेका छन् ।’त्यस्तै उनले पहिला–पहिलो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र चाहिन्छ भन्ने मानसिकतामा रहेको भन्दै गाउँको किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए । 

उनले भने,‘पहिला–पहिला मेरो मानसिकता यो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र हो भन्ने थियो । तर गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेछ । त्यहाँबाट उनीहरुले उत्पादन बढाउन सक्छन् । मार्केटमा त्यहाँबाट आफ्नो प्रोडक्ट पुर्याउन सक्छन् ।’त्यस्तै उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै