मुख्य समाचार
ठूलो परिमाणमा लागूऔषधसहित परासीमा एक पक्राउ | रुपन्देहीमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ | ‘बोर्डर इन्टरयाक्सन टिम’लाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन | गृह मन्त्रालयद्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फिर्ता, कफ्र्यु जारी | गौतमबुद्ध लायन्सद्वारा भैरहवामा वृक्षारोपण | सुनसरी झडप: गोली लागेर युवकको मृत्यु भएपछि देवानगञ्जसहित पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न, | दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा |

हुम्लाको बौल्यानामा खानेपानी समस्या

Ujyalosandeshonline 11826+ समाचार ( )
२४ जेठ २०८३, आइतबार

अदानचुली (हुम्ला) । ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र  काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुँने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्् ।”

उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताउनुभयो । “दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ”, उहाँले भन्नुभयो । उक्त बस्ती अग्लो डाँडामा छ । उक्त बस्तीकाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या भएको छ । त्यहाँसम्म पानी ल्याउन अन्य मुहान नै नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताउनुभयो ।

यस वर्ष रु तीन लाख विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजेको भए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाएको वडाध्यक्ष रिठालले बताउनुभयो । एक एक हजारका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना बनाएको उहाँले बताउनुभयो । “यसले मात्र समस्या समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छौँ”, उहाँले भन्नुभयो । 

उक्त गाउँका मिलन खड्का आफूले केही समयअघि पानीको समस्या लिएर सङ्घीय खानेपानी मन्त्रालयसम्म धाएको बताउनुहुन्छ । बस्तीमा भएको खानेपानीको समस्याको श्रव्यदृश्य सामग्री देखाउँदै मन्त्रीलाई समेत उहाँको भनाइ छ । मन्त्रीले कुनै पनि हालतमा व्यवस्था गर्छु भन्ने आश्वासन दिनुभएको खड्काले बताउनुभयो । खड्काले यसकै लागि आफू व्यक्तिगत रु ५० हजार खर्च गरेर सङ्घीय राजधानी गएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार