मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, दाउन्नेमा पनि सवारी ठप्प

Ujyalosandeshonline 12457+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

बुटवल । लगातारको वर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा आज बिहानैदेखि परेको वर्षाले ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सिद्धबाबाको जोखिमपूर्ण क्षेत्रमा पहिरो खसेका कारण सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

वर्षा नरोकिएका कारण सडक पन्छाउने कार्यमा समेत कठिनाइ भइरहेको छ । यसैगरी, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाका कारण दाउन्नेको सडक अत्यन्तै चिप्लो भएपछि सवारी साधनहरु गुड्न नसक्दा दुवैतर्फको बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । दाउन्नेमा बाटो अवरुद्ध भएपछि सवारी साधनहरुलाई पाल्पा रुट हुँदै डाइभर्सन गरिएको भए पनि सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा समेत पहिरो खसेपछि यात्रुहरु थप मर्कामा परेका छन् ।

दुवै वैकल्पिक मार्गहरु बन्द हुँदा बुटवलबाट पश्चिमतर्फ जाने र विभिन्न जिल्लाबाट बुटवल भित्रिने सयौँ सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका हुन् । अहिले पनि वर्षा जारी रहेकाले सडक तत्काल खुल्ने सम्भावना कम देखिएको छ । वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालन गर्न केही घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ । ट्राफिक प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार