मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा गोलपार्क ३ विकेटले पराजित

Ujyalosandeshonline 12320+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’को सोमबारको खेलमा बुटवल राइनोजले गोलपार्क क्रिकेट क्लबलाई पराजित गर्दै जित हात पारेको छ । बुटवलले गोलपार्कलाई ३ विकेटले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगितामा जितका लागि पाएको १ सय १२० रनको लक्ष्य बुटवल राइनोजले २४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि नितिन त्रिपाठीले अविजित ४१, विपिनविक्रम शाहीले २७, सलाउद्दिन खानले १८ र शिव कुँवरले १५ रनको योगदान गरे । बलिङमा गोलपार्कका दिवान पुनले ४, सुमित गुरुङ, प्रदीप भण्डारी र रिक्की पुनले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गोलपार्कले निर्धारित ५० ओभरमा ३९ ओभर १ बल खेल्दै १ सय १९ रनमा अलआउट भयो । उसलाई न्युन योगफलमा रोक्न बुटवल राइनोजका शिव कुँवर, सुप्रिम कँडेल र विपिनविक्रम शाहीले २–२ तथा सुरज सारु, विकाश साहु, इमरान शेखले समान १–१ विकेट लिन सफल भए । गोलपार्कका आदित्य बन्जाडे र शिवकुमार मौर्यले समान २० रन बनाउँदा आषिश लोहनीले १८, प्रदीप भण्डारीले १५ तथा दिवान पुनले १४ रन बनाए । विपिनविक्रम शाही प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यस पटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार