मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सुरु

Ujyalosandeshonline 12093+ समाचार ( )
१५ माघ २०८०, सोमबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सोमबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ । गाउँसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष नवराज ढकालले यो अधिवेशन हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई विधान कार्यान्वयन अधिवेशनको रुपमा लिनुपर्ने बताए । उनले १५ औं अधिवेशनसम्म आइपुग्दा पालिकाको सामथ्र्य र क्षमताले भ्याएसम्म विभिन्न क्षेत्रसँग सम्बन्धित ऐन, ३६ वटा कार्यविधि र चारवटा मापदण्ड निर्माण गरी जारी गरेको उल्लेख गरे । 

गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले हिउँदे सभाको बजेट तथा कार्यक्रमको संशोधित आय ब्ययको विवरण प्रस्तुत गरिन् । उनले राज्यको घट्दो राजस्व संकलन तथा स्थानीय सरकारलाई प्राप्त हुने बजेट सिलिङबीच बढ्दो माग र आवश्यकता पूरा गर्नु भविष्यमा अझै चुनौतिपूर्ण हुने देखिएको बताइन् । उपाध्यक्ष मौसमी थापा मगरले आन्तरिक आयवृद्धिलाई एक मात्र विकल्पको रुपमा रहेको बताउँदै उपलब्ध स्रोत र साधनबीच जनताको अधिकतम आवश्यकता पूरा गर्दै आएको उल्लेख गरिन् ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । त्यसक्रममा उनले पालिकाको आन्तरिक श्रोत बढाउन पालिकाभित्र रहेको तालतलैया, विभिन्न हाटबजारहरु ठेक्का प्रक्रियामा ल्याउनुपर्ने र छिटो नै प्रक्रिया सुरु गर्नुपर्ने बताए । उनले पालिकामा आन्तरिक स्रोतका अनेकन सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सबै आन्तरिक श्रोतका आधारलाई प्रक्रियामा ल्याउने कुरामा ढिलाइ गर्न नहुने बताए ।

कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले कञ्चन गाउँपालिकाको जोखिम  न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८० लाई लुम्बिनी प्रदेशको गाउँसभा र नगर सभाको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ को दफा १३ को उपदफा १ अनुसार सभा समक्ष पेश गरेका थिए । 

गाउँसभामा कार्यपालिका सदस्य कुमारी घर्ती, मीना बि.क. र रञ्जना थारुले शुभकामना बोलेका थिए । गाउँसभाको अर्को बैठक शुक्रबार बस्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार