मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा

रासस 711+ समाचार ( )
१९ माघ २०८२, आइतबार

लेखनाथ (कास्की) । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताउनुभएको छ । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उहाँले नेपाली कांग्रेसमा अब कुनै गुट नभएकाले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । 

नेपाली कांग्रेस सुशासन, समृद्धि, महङ्गी नियन्त्रण गर्ने अभियानमा सधैँ लागिरहेको उल्लेख गर्दै उहाँले युवाका मागलाई सम्बोधन गर्दै कांग्रेस अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस खुला किताब हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रुपमा आफ्ना हरेक गतिविधि गर्नसक्ने वातावरण कांग्रेसमा मात्र छ ।”

कांग्रेसकोतर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका माधवप्रसाद बाँस्तोलाले नेपाली कांग्रेसले जेनजीका मागलाई समेटेर अगाडि बढ्ने बताउँदै कांग्रेस पार्टी सभापति पनि युवालाई नै सुम्पिएको बताउनुभयो । कांग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसलाई नेपाली जनताले विश्वास गर्ने दाबी गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार