मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

जयशंकरको भ्रमणका क्रममा गोप्य र षड्यन्त्रपूर्ण सम्झौता गरियो : पोखरेल

Ujyalosandeshonline 12546+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गठबन्धन सरकारले राष्ट्रको स्वाधिनतामा आँचपुग्ने कतिपय गोप्य र षड्यन्त्रपूर्ण ढंगले सम्झौता गरेको आरोप लगाएका छन् । पोखरेलले सो विषयलाई लिएर एमाले गम्भीर भएको बताए ।

शनिबार ललितपुरमा एमाले निकट जनसाँस्कृतिक महासंघले आयोजना गरेको ‘जबजको सौन्दर्य चिन्तन’ नामक ग्रन्थको लोकार्पणमा बोल्दै पोखरेलले जयशंकरको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलसँग सरकारले कुनै प्रकारले छलफल नगरेकोप्रति तिक्तता पोखे ।

एमाले आफ्नो एजेण्डामा स्पष्ट रहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वार्थलाई हित हुनेगरी छिमेकीसँग आँखामा आँखा जुधाएर अहिलेको सरकारले काम गर्न नसकेको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका विषयहरु गठबन्धन सरकारले धुमिल बनाउँदै लगेको पोखरेलको आरोप थियो ।

‘हालसालै छिमेकी देशका परराष्ट्रमन्त्री भ्रमणमा आउँदा गरिएका सहमति र सम्झौताहरु नेपालका कुनै प्रतिपक्षी दलहरुसँग सल्लाह वा विमर्श केही भएको छैन् । कुनै जानकारी छैन् । गोप्य ढंगले र षड्यन्त्रपूर्ण ढंगले वास्तवमा नेपालको स्वाधिनतामा आँच आउने पुग्ने हिसावले कतिपय विषयहरु सम्झौता गर्ने नाममा गरिएका छन् । यसलाई नेकपा एमालेले अत्यन्तै गम्भीर रुपमा लिएको छ ।’

आफ्नो सरकारको पालामा बलियो बनाएको राष्ट्रिय एकताको कुरालाई अहिलेको सरकारले धुमिल पारेको आरोप लगाउँदै पोखरेलले सामाजिक सद्भाव र एकतालाई खल्बल्याएर राष्ट्रिय स्वाधिनतामाथि आँच पुर्याउन खोजिएकाले त्यसतर्फ शर्तक रहेर सामाजिक सद्भाव अभिवृद्धि गर्न लाग्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार