मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

पोखरामा असोज ३० गतेदेखि योग महोत्सव हुने

Ujyalosandeshonline 12612+ समाचार ( )
६ अशोज २०८१, आइतबार

पोखरा । पोखरामा आगामी असोज ३० गतेदेखि चार दिनसम्म योग महोत्सव हुने भएको छ । होटल संघ नेपालको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि आध्यात्मिक पर्यटनमार्फत मुलुकलाई अघि बढाउने उद्देश्यले योग महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन हुँदैछ ।  महोत्सव नेपाल योगा महोत्सवसँगको सहकार्यमा हुने भएको हो । महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञहरुको जमघट हुने र उनीहरुबाट विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछन् । 

महोत्सवमा विश्वस्तरीय प्रस्तुतकर्ताहरुमा गुरु श्री अन्तरयोगी, चैतन्य केन्द्र प्रकाश थापा ग्रामी नोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वलरत्न वज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग ध्यानको कार्यशालाहरु रहनेछन । 

महोत्सवबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटनलाई अझ बढी टेवा पुग्ने हुँदा कार्यक्रमको आयोजना गर्न उत्साहित रहेको पनि होटल संघ नेपालका महासचिव साजन शाक्यले जानकारी गराए ।कार्यक्रम मा सहभागिताका लागि नेपालीलाई दिनको तीन हजार र विदेशीलाई रु ६,५०० बुझाई टिकट प्राप्त गर्न सकिने बताइएको छ । महोत्सव अवधिभरका लागि प्याकेजको पनि व्यवस्था गरिएको छ । महोत्सवको ट्राभल पार्टनर यती एयरलाइन्स रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार