मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं : मेयर गजेन्द्र महर्जन

Ujyalosandeshonline 12080+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शान्ति प्राप्त गर्ने उद्देश्यका साथ गोदावरी नगरपालिकाले योगलाई अगाडि बढाएको बताएका छन् । बिहीबार गोदावरी नगरपालिकामा आयोजित ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ भन्ने कार्यक्रममा उनले विकास र परिवर्तनको साथै दुख, कष्ट पनि बढि रहेको भन्दै यसको अन्त्यको लागि योगको बाटोमा लाग्नु पर्ने बताएका हुन्  ।

उनले भने, ‘हामी जति विकासको बाटोमा अगाडि बढिरहेका छौ । जति परिवर्तनशिल भइरहेका छौ । त्यो परिवर्तन सँगै हामी आफ्नो दुख, कष्ट पनि बढाई रहेका छौ । त्यस कारण यसको अन्त्य गर्नको लागि हामी मन देखि नै शान्त र सुखि हुनु पर्छ । योगले मात्र हामी स्वस्थ रहन सक्छौ र शान्ति प्राप्त गर्न सक्छौ भन्ने उद्देश्यका साथ गोदावरी नगरपालिका अगाडि बढि रहेको छ ।’

यसको साथै, जब सम्म हाम्रो मनमा शान्ति हुदैँन् तब सम्म बाहिरी शान्ति खोजेर मात्र सुख पाउन नसक्ने पनि उनको भनाई छ । उनले भने, ‘हामी सबैको चहाना भनेको सुख, शान्ति नै हो तर यो सुख, शान्ति आफू भित्र नखोजेर बाहिर मात्र खोजि रहेका हुन्छौ । जब सम्म हाम्रो मनमा शान्ति हुदैँन् हामीले बाहिर खोजेर मात्र सुख पाउन सक्दैनौ । त्यस कारण यसको उपाय भनेको योग, ध्यान र साधना नै हो ।’

गोदावरी नगरपालिका र वडा कार्यालय ३ को आयोजना माटौखेल जीवन योग प्रयोगशालाको सहयोगमा र जीवन विज्ञान परिषद् ललितपुरको सहकार्यमा नेपालबाट सुरूभई विश्वभर फैलदै गएको योग–ध्यान विधिमा आधारित ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’भन्ने कार्यक्रमको आयोजना गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार