मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

प्रधानन्यायाधीशले गरे ‘न्याय’को लोकार्पण

Ujyalosandeshonline 12614+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले प्रकाशन तथा सम्पादन गरेको पुस्तक ‘न्याय’को लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाल निजामती कर्मचारी संगठन सर्वोच्च अदालतको विभागीय कार्य समितिले प्रकाशन गरेको पुस्तक ‘न्याय’को लोकार्पण गरिएको हो । 

कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुस्तकमा समावेश भएको सम्पूर्ण लेखहरु न्याय र कानुनको क्षेत्रमा आवद्ध सबैका लागि महत्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरे । 

उनले भने,‘पुस्तकमा समावेश भएको सम्पूर्ण लेखहरु हेर्दा पुस्तक न्याय र कानुनको क्षेत्रमा आवद्ध सबैको लागि महत्वपूर्ण श्रोत साधनका रुपमा रहनेछन् । प्रकाशकले जुन उद्देश्य राखेर प्रकाशन गर्नुभएको छ, त्यो प्राप्त होस भन्ने कामना व्यक्त गर्दछु ।’

पुस्तकमा समावेश भएका विषयबस्तुहरु प्रयोग र कार्यान्यनमा आउन नसके पुस्तक बनाएर राखेर मात्र केहि उपलब्धी नहुने बताए । 

एक हजार पाँच सय ९५ पृष्ठमा रहेको पुस्तक ‘न्याय’मा नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध ८७ जनाले लेखहरु लेखेका छन् । लोकसेवा आयोगको न्याय सेवा अन्तर्गत शाखा अधिकृतदेखि सह–सचिवसम्मका विषवस्तुहरु उक्त पुस्तकमा समावेश गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार