धकधई। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोहिणी गाउँपालिका समितिको आयोजनामा रुपन्देहीको धकधईमा दीप प्रज्वलन कार्यक्रम गरी संविधान दिवस मनाइएको छ। रास्वपा रोहिणी गाउँपालिकाका सभापति कृष्णचन्द्र मिश्रको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा रास्वपाका जिल्ला सचिव ज्ञानेन्द्र पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी, केन्द्रीय हज कमिटीका सदस्य खुददुस पठान, पार्टीका जिल्ला सदस्य रामप्रसाद यादव, नेताहरू प्रदीप पाण्डे, बृजेश जयसवाल तथा सुधाकर यादव लगायतका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। संविधान दिवसका अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा स्थानीय जनसमुदाय, शुभचिन्तकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।