मुख्य समाचार
लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन |

सरकार परिवर्तनको प्रयास माकुराको जालो जसरी च्यातियो : उपाध्यक्ष पौडेल

Ujyalosandeshonline 12337+ समाचार ( )
७ जेठ २०८१, सोमबार

काठमाडौं । सत्तारुढ दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिँदै कांग्रेसप्रति खरो टिप्पणी गरेको छ ।

दाहालप्रति आफूहरुको विश्वास हिजोको तुलनामा अझै फराकिलो भएको उल्लेख गर्दै सत्तारुढ दलहरुका तर्फबाट दाहाललाई विश्वासको मत दिँदै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भने, ‘देशले राजनीतिक स्थायित्वको मार्गमा दृढताका साथ अगाडि बढ्ने अठोट गरेको छ । त्यो अठोटको नेतृत्व यो प्रतिनिधि सभाले गरेको छ, प्रधानमन्त्री दाहालले गर्नुभएको छ । राजनीतिक स्थायित्व कायम गर्दै देशलाई अघि बढाउने महाअभियानमा सरकारलाई साथ दिनु सबै दलको कर्तब्य हो ।’  

सोमबार कांग्रेसको सदन अवरोधकैबिचमा प्रधानमन्त्री दाहालले विश्वासको मत सदनबाट मागेसँगै सत्तारुढ दल नेकपा एमालेले पर्दाभित्रबाट कांग्रेसले सरकारलाई कमजोर पार्ने र परिवर्तन गर्ने कोशिसमा असफल भएको उनको टिप्पणी थियो ।

प्रतिनिधि सभामा सत्तारुढ दलबाट प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको घोषणा गर्दै नेकपा एमाले उपाध्यक्ष पौडेलले भने, ‘पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने कोशिसहरु पनि भए,’ उनले थप भने, ‘त्यो कोशिस माकुरोको जालो जसरी च्यातियो । प्रतिनिधि सभाले सरकार परिवर्तन होइन अझ धेरै बल दिन चाहन्छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ । सरकार परिवर्तनका निम्ति गरिएका प्रयासहरु माकुरोको जालो जसरी च्यातिएपछि स्वभाविक रुपमा त्यसका प्रतिक्रियाहरु सदनमा व्यक्त भैरहेका छन् ।’

उपाध्यक्ष पौडेलले कांग्रेस सरकार परिवर्तन गर्ने वा कमजोर पार्ने प्रयासमा असफल बनेपछि सदन अवरोधमा उत्रेको टिप्पणी गर्दै प्रश्न गरे ।

‘कांग्रेसको प्रतिक्रिया पछाडिको कारणहरु हामी महसुश गर्न सक्छौं । त्यसको अनुमान हामी गर्नसक्छौं । बेचैनी छटपटी समस्याको समाधान होइन’, पौडेलले भने ।

उनले आफूलाई सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी मान्ने कांग्रेसले सदन अवरोध गर्न नहुनेमा जोड दिँदै पौडेलले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्युले सदनको विश्वासका निम्ति अग्रसर हुँदा सभाको विश्वास छ भनेर विश्वासको मत लिने प्रकृयालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो प्रकारको लोकतान्त्रको अभ्यास गरेको हो ?’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार