मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी झिलझिलेका इन्स्पेक्टर सुभाष केसी

Ujyalosandeshonline 12674+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ । केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूको पहिचान तथा निगरानी सुरु गरेको थियो। घटनामा ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि हुँदै जाँदा उनले सूक्ष्म रुपमा तथ्यहरू जोड्दै अनुसन्धानलाई निर्णायक दिशातर्फ अघि बढाए।

उनकै निर्देशनमा कार्तिक १३ गते मेचीनगर–१३ स्थित सामुदायिक वनमा पीडितले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारियो । त्यसपछि घटनाको अनुक्रमलाई टुक्राटुक्रामा विश्लेषण गर्दै केसीले टोलीसहित शंकितलाई नियन्त्रणमा लिए। अनुसन्धानको क्रममा मृतकको शरीर गाडिएको स्थान समेत उनले पहिचान गराएका थिए, जसपछि उत्खनन गरेर शव फेला पारियो र घटनालाई प्रमाणमुखी बनाइयो।

घटना सार्वजनिक भएपछि पीडित तथा स्थानीय बासिन्दा क्षुब्ध बनेका अवस्थामा प्रतिवादीका घर तथा सम्पत्तिमा तोडफोडको प्रयास समेत देखिएको थियो। तर, केसी नेतृत्वको टोलीले परिस्थितिलाई उग्र बन्न नदिई भिड नियन्त्रणमा लिएको थियो।  ‘दुवै पक्षका परिवार सुरक्षित हुनु सबैभन्दा ठूलो दायित्व हो,’ भन्ने उनको भनाइ उद्धृत गर्दै प्रहरीले बताए ।

समाजमा शान्ति–सुरक्षा जोगाउनु र जटिल अपराधको अनुसन्धान सफलतापूर्वक निष्कर्षमा पुर्याएको योगदानका कारण प्रहरी निरीक्षक सुभाष केसीलाई २०८२ साल कार्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार