मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

प्रहरी महानिरीक्षक कुँवरद्वारा जिल्ला प्रहरी बाजुराको भवन उद्घाटन

Ujyalosandeshonline 11904+ समाचार ( )
९ पौष २०८०, सोमबार

बाजुरा । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बाजुराको जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेस भवनहरूको सोमबार उद्घाटन गरेका छन् । मार्तडीमा करिब नौ करोडको लागतमा निर्मित संरचनाले प्रहरीलाई काम गर्न सहज हुने उनले बताए ।

कार्यक्रममा उनले निर्माणमा सहयोग पु¥याउनेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे । यस्तै, प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए । 

नागरिकमैत्री वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उनले बाजुराका प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहरा, बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र बडिमालिका नगर प्रमुख अम्मर खड्काको उपस्थिति थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक सुमन दाहालद्वारा प्रस्तुत भवन निर्माण सम्बन्धी प्रतिवेदनअनुसार नेपाल सरकारको बजेटबाट ८ करोड ७६ लाख ६७ हजार ६ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार