मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

Ujyalosandeshonline 12461+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

जनकपुर । शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको संख्यामा कमी आएको छ । अहिले नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी भर्ना अभियान जारी रहेको छ । यसै क्रममा धनुषाका सामूदायिक विद्यालयहरुले पनि विद्यार्थी भर्ना अभियान जारी राखेको छ । तर गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीहरुको संख्यामा कमी आएको जनकपुरधामस्थित ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय झा बताउँछन् । 

उनले अहिले कक्षा कक्षा ४ देखि ९ सम्मको विद्यार्थीहरुको भर्नाका लागि ११ सय  जनाको आवेदन आएकोमा प्रवेश परीक्षामा जम्मा ९ सय जना मात्र सहभागी हुन आएको बताए । यो संख्या पहिलेको वर्षहरु भन्दा करीब ५० प्रतिशत कम भएको उनले जानकारी दिए । 

विद्यार्थीको संख्या अधिक भएका कारण गत वर्षहरुमा २ देखि ३ चरणसम्म प्रवेश परीक्षा लिनुपर्ने हुन्थ्यो तर यस वर्ष अधिकांश परीक्षा कोठाहरु खाली रहेको प्रधानाध्यापक झाले बताए । विद्यार्थीको संख्यामा कमी आएतापनि त्यसले शैक्षिक गुणस्तरमा कुनै कमी नआउने उनको भनाई छ ।

शिक्षक आन्दोलनका कारण १८ दिनको अन्तर आएतापनि वर्षे विदा, हिँउदे विदा, सार्वजनिक विदाहरुमा समायोजन गरेर विद्यार्थीहरुलाई पढाउनुपर्ने क्रेडिट आवर पुर्याईने उनले जानकारी दिए । देशैभरिका शिक्षकहरुले विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सो आन्दोलनका कारण शैक्षिक वर्ष, भर्ना अभियान, एसईईको नतिजा र कक्षा १२ को परीक्षा प्रभावित भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार