मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


‘प्लाष्टिकलाई निरुत्साहित गर्दै स्वदेशकै फुलप्रयोग गर्नुपर्छ’

Ujyalosandeshonline 11005+ समाचार ( )
रामजी प्रसादतिमिल्सिना अध्यक्ष नर्सरी व्यवसायी संघ नेपाल
७ कार्तिक २०८१, बुधवार

नर्सरी व्यवसायी संघका चारवटा विधा छन् । पुष्प, फलफुल, जडीबुटी र कृषिबनमा नर्सरी व्यवसायीहरु आवद्ध हुनुहुन्छ । तिहार चाँही फुलैफुलको पर्व भएको हुनाले यसलाई पुष्प लक्षितबनाउने गरेर नर्सरी व्यवसायी संघ नेपालले ‘तिहार फ्लोरा एक्स्पो’ गर्दैछ । यो काठमाडौंको भृकुटी मण्डपमा हुने छ । एक्सपोमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हाम्रो मुख्य उद्देश्य हो । तिहारमा मखमली, सयपत्री, गोदावरी लगायत फुलहरु प्रयोग हुने हुनाले एक्सपोमा समेत किसानले उत्पादन गरेका फुलहरु प्रदर्शनमा राखेर तिमध्ये उत्कृष्ट भएका तीनजनालाई सम्मान र कदर पत्रप्रदान गर्दै आएका छौं । यस बर्ष यसलाई निरन्तरता दिन्छौं । 

सरकारले नर्सरी क्षेत्रका चारवटै विधाका वस्तुहरुको उत्पादनमा त्यति ध्यान दिएको छैन् ।प्रदेश सरकारले केही हदसम्म प्रवद्र्धन गरेको छ । प्रदेशको वन मन्त्रालयले व्यवसायीहरुलाई तालिम काकार्यक्रम संचालन गर्ने गरेको छ । जसमा नर्सरी एसोसिएसनले कार्यक्रमहरुको आयोजना गर्ने र व्यवसायीहरुलाई तालिम दिने पनि भनिएको थियो । तर, हामी त्यसको कार्यान्वयनको प्रक्रियामा पुगिसकेका छैनौं । संघीय सरकार अन्तर्गतका  मन्त्रालय र अन्य संघसंस्थाबाट कुनै पनि प्रकारको सहयोग पाएका छैनौं । नर्सरी व्यवसायको प्रवद्र्धन र वजारीकरणमा हामीआफैं क्रियाशील छौं । 

कृषिमन्त्रालयले समेत यस विषयमाखासै चासो देखाएको छैन । म केही दिन पहिले प्रदेश कृषि मन्त्रालयमा गएको थिएँ । केही कार्यक्रम दिन्छौं भन्नुभएको छ । तिहारपछि सूचना निस्किन्छ र त्यसमा सहभागी गराउँछौं भनेर मौखिक कुराकानी भएको छ । अन्य त्यस्तो कुनै पनि सहयोग पाइएको छैन । 

नर्सरी पुष्प व्यवसायीहरुले अहिले ब्यहोरिरहेको मुख्य समस्या भनेको सहरमा जग्गा पाउन नसक्नु हो । नर्सरी व्यवसाय सहर केन्द्रित हुनुपर्ने भएकाले जग्गाको अभाव व्यहोरिरहेका छौं । गत वर्ष पनि सरकारी स्वामित्वमा रहेको जग्गाहरु लामो समय सम्मका लागि नर्सरी व्यवसायीहरुलाई भाडामा उपलब्ध गराउन भनेका थियौं । तत्कालिन सरकारका कृषिमन्त्रीले पनि पहल गर्छु भन्नुभएको थियो । तर जताततैबाट आश्वासन मात्र आउने तर आवश्यक सहयोग नहुने देखिएको कारणले हामी समस्यामा परेका छौं ।  

नर्सरी व्यवसायीहरुका लागि स्थानीय तहमा समेत खासै कार्यक्रमहरु पुगेको पाइदैन । नर्सरी व्यवसायीहरु कार्यक्रमका लागि आवश्यक कागजपत्र मिलाउन नसक्ने र यसको फाइदा अरु कसैले उठाइरहेको पाइन्छ । नर्सरी व्यवसायीका लागि भनेर माथिबाट बजेट गएपनि स्थानीय तहले कार्यक्रम भने सञ्चालन गर्दैन् । 

हामीले सदाबहार प्रयोग हुने जडीबुटीका बेर्नाहरु सकेसम्म नेपालकै प्रयोग गर्न भनेका छौं र गरिरहेका छौं । त्यस्तै हाइब्रिड जातका र सिजनलबिउहरु भने विदेशबाटै आयात हुन्छ । हलल्याण्ड, जापान लगायतका देशबाट बिउ बेर्नाहरु मगाउने गरेका छौं । 

पुष्प व्यवसायमा आत्मनिर्भर हुनका लागि सबैभन्दा पहिले त बिउ उत्पादक कम्पनीहरु नेपालमा हुन आवश्यक छ । बिउ नै नभएपछि त बाहिरबाट ल्याउन परिहाल्यो । नेपालमा बिउ उत्पादक कम्पनी नभएकै कारणले सिजनल बिरुवाको बिउ समेत छिमेकी भारत लगायतका देशरुबाट ल्याउनुपर्ने वाध्यता छ । 

तिहार आउनलागेको छ । यस्तो महानपर्वमा प्लास्टिकको फुल सकेसम्म प्रयोग नगर्न हामी सबैमा आग्रह गर्न चाहन्छौं । तैपनि कतिपय मानिसले प्लास्टिकका फुलहरु प्रयोग गरिहेका हुन्छन् । प्लास्टिकको फुलप्रयोग गर्न निरुत्साहित गर्नु पर्छ । स्वदेशी उत्पादन वा स्वदेशमा पाइने फूलहरुलाई चाँही सरकारी तवरबाट सहयोग हुन जरुरी छ । नर्सरी वालाहरुलाई प्राविधिक लगायतका सहयोगहरु भयो भने हामी आत्मनिर्भर तर्फ उन्मुख हुन्छौं ।

जग्गा उपलब्ध गराउने विषयमा समेत हामीले पटक पटक सरकारको ध्यानाकर्षण नगराएको होइन तर उहाँहरुले गरेका प्रतिवद्धताहरु कार्यान्वयन नहुँदै सरकार परिवर्तन भइदिन्छ । अहिले पछिल्लो समय धेरै सरकारी जग्गाहरु देखिरहेका छन् । ति जग्गाहरुमा चाँही भाडामा उपलब्ध गराउने हो भने लामो समयसम्म लगानी गर्न पाए उत्पादन राम्रो र आत्मनिर्भर बन्न सहज हुने थियो । 

नर्सरी व्यवसायी संघ नेपालमादुई सयको संख्यामा किसानहरु आवद्ध रहनुभएको छ । नर्सरी व्यवसायीहरुको लागि संघले संस्थागत रुपमा पनि राम्रो पहल गरिरहेको छ । गतवर्षका असोजमा स्थापना गरिएको संस्थाले गतवर्ष नै तिहार फ्लोरा एक्स्पो आयोजना गरेका हौं । त्यस्तै नर्सरी बाटिका निर्माण र त्रिखोला बाटिका निर्माणका लागि वृक्षारोपण सहितका कार्यक्रमहरु गरिसकेका छौं । पुष्प, फलफुल, जडीबुटी र कृषिबनका क्षेत्रमा काम गर्ने संघ एक्लो संस्थाभएका कारण काम गर्नका लागि कुनैपनि समस्या छैन । 

म फेरिपनि के सुझाव दिन चाहन्छु भने तिहारमा प्लास्टिकको फुलहरु प्रयोग नगर्नु होला । जुन माला प्रयोग गर्दै हुनुहुन्छ त्यो मालाकहाँ, कसरी उत्पादन भयो भन्ने विषयमा ख्याल गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै नेपाली माला प्रयोग गर्न आग्रह गर्दछु ।  

हाम्रो तिहार फ्लोरएक्स्पो यही कात्तिक ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुँदैछ ।  मेलामा हामी २० हजार अवलोकनकर्ता ६० लाखको फलफुलको व्यवसायको अपेक्षा गरेका छौं । त्यहाँहाम्रो चारवटै विधाका समग्रीहरु त्यहाँ उपलब्ध हुने छन् । उत्कृष्ट फलफुल, उत्कृष्ट, मखमली, उत्कृष्ट सयपत्री समेत राख्नेछौं । फुलको प्रयोग गाउँको तुलनामा सहरमा धेरै हुन्छ । तर विस्तारै गाउँमा पनि फुलको प्रयोग बढ्दै गइरहेको छ । विदेशी फुल र मालामा लामो समय टिकाइ राख्नका लागि विषाधीको समेत प्रयोग भएको हुनाले सजग रहन आग्रह गर्दछु । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार