मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

संचालनमा आयो ‘पाल्पाली होटल डालिया इन्टरनेशनल’

Ujyalosandeshonline 12206+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित पुनम पथ (पडसरी) मा ‘पाल्पाली होटल डालिया इन्टरनेशनल’ सञ्चालनमा आएको छ । ७० लाखको लगानीमा सञ्चालनमा आएको होटलको एक कार्यक्रमकाबीच होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्रा र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै उपमहासचिव महोत्राले यस क्षेत्रमा नयाँ होटल सञ्चालनमा आउनु खुसीको विषय भएको भन्दै होटलको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । ‘राज्यबाट हामी व्यवसायी पेलिएको अवस्थामा छौं, उनले भने–‘राज्यले हामीलाई समेट्न सकेको छैन । २०६५ सालको पर्यटन नीति कमजोर छ । नीतमा सुधारको आवश्यकता छ ।’ उनले होटल व्यवसायले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का सदस्य समेत रहेका महोत्राले तीन तहकै सरकार मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए । उनले अबको पर्यटन नीतिले पर्यटन व्यवसायीमा आशा जगाउने विश्वास व्यक्त गरे ।

होटलले आफ्नो सेवासुविधा तथा खाना एवं खाजाका परिकारमा कुनै कन्जुस्याई गर्न नहुने बताए । ‘हामी सीमासँग जोडिएको जिल्लामा छौं, यहाँ पर्यटकहरुको आवागमन हुन्छ । तपाईले दिने सेवासुविधा र देखाउने व्यवहार पनि पर्यटनको एउटा प्रोडक्ट हो’उनले भने–‘तपाईले देखाउने राम्रो व्यवहार र प्रदान गर्ने गुणस्तरीय सेवाले होटलप्रति ग्राहकको आकर्षण बढ्छ ।’त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पोखरेलले यस्तो कठिन परिस्थिति (आर्थिक मन्दी) तथा बजार चलायमान हुन नसकेको अवस्थामा होटल सञ्चालनमा आउनु महत्वपूर्ण भएको बताए । ‘व्यवसाय सञ्चालन गर्दा चुनौतीका साथै अवसर पनि हुन्छन् । उनले भने कुनै पनि काम गर्दा सुरुमा विभिन्न किसिमका अफ्ठयारो पर्छ । व्यापार–व्यवसाय पनि त्यही हो’उनले भने–‘ग्राहकको सन्तुष्टी बढेसँगै समस्याहरु समाधान हुँदै जान्छ र व्यवसायले पनि गति लिन्छ ।’

कार्यक्रममा तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका उपाध्यक्ष नरेन्द्र खनाल, महासचिव बाल बहसचिव कल्पना न्यौपाने, कोषाध्यक्ष दल बहादुर थापा, कार्यसमिति सदस्य रोमकान्त भट्टराई, सुशील पौडेल, सुमन न्यौपाने लगायतले होटलको व्यवसायिक सफलताको कामना गरे । ७० लाख लगानीमा सञ्चालनमा आएको पाल्पाली होटल डालिया इन्टरनेशनल २० वटा कोठा रहेको सञ्चालक तेज प्रसाद बस्यालले बताए । जसमध्ये १६ वटा एटेच रुम (एसीसहित) र ४ वटा ननएटेच (ननएसी) रुम रहेको उनले जानकारी दिए ।

होटलमा बस्ने, खाने (इण्डियन, नेपाली, चाईजिन, कन्टीनेन्टल तथा अर्डर अनुसार खाना) लिफ्ट सुविधा, सेमिनार हल, गाडीको व्यवस्था लगायतका सुविधा रहेको बताए । उनका अनुसार होटलमा हाल १० जना कर्मचारी कार्यरत छन् । विगत ५ वर्षदेखि होटल व्यवसायमा आबद्ध बस्याललाई ३२ वर्षदेखि होटल क्षेत्रमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार