मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

नेपाललाई एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने पहिलो अवसर

Ujyalosandeshonline 12612+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी भदौको अन्तिम हप्ता नेपालमा आयोजना हुने भएको छ।

स्पेनको सान्ता सुसानामा बसेको एआइपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रम आयोजनाको जिम्मा पाएको हो। बैठकमा नेपाल मलेसिया र कीर्गिस्तानले दाबी पेश गरेकोमा नेपालले उक्त दाबी जितेको थियो। नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआइपीएस एसियाको केन्द्रीय कार्यसमितिको बैठकको आयोजना गरेको थियो।

नेपाललाई कंग्रेस आयोजनाको जिम्मा दिँदै एआइपीएस एसियाका अध्यक्ष दक्षिण कोरियाका हि डोङ जुङले एसियाको एक सकृय संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा प्रभावकारी कार्यक्रम गर्दै आएको हुनाले ठूलो सम्मेलनको आयोजना गर्न सक्षम भएकोमा आफू विश्वस्त रहेको बताए । 

एआइपीएस एसियाको कंग्रेस कतार, दक्षिण कोरिया, चीन, साउदी अरेविया जस्ता सक्षम राष्ट्रहरुले मात्र गरिरहेको इतिहासमा नेपालले पाएको यो पहिलो अवसर हो।

अध्यक्ष हि डोङले भने, ‘एसियाली खेलकुद पत्रकारिताको दायरा सबै एसियाली मुलुकहरु फैलाउनका लागि पनि नेपाललाई यति ठूलो जिम्मेवारी दिइएको हो।’

एआइपीएस एसियाको कंग्रेसमा ३० बढी एसियाली राष्ट्रका खेलकुद पत्रकारहरु उपस्थित हुनेछन्। त्यसमा अरु पाहुना राष्ट्रका पत्रकारहरु पनि सहभागि हुने बताइएको छ।

आयोजनाको जिम्मा पाएपछि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नेपाल खेलकुद पत्रकार मञ्चले पाएको अवसरका पछाडि सम्पूर्ण सदस्यहरुको मेहनत र परिश्रम रहेको भन्दै उनिहरुको प्रशंसा गरे । सुवेदीले कंग्रेसलाई नेपाली खेलकुद क्षेत्र, नेपालको पर्यटन, नेपाली खेल पत्रकारहरुको बारेमा एसियालाई देखाउने मौकाको रुपमा सदूपयोग गर्ने उल्लेख गरे । उक्त बैठकले अर्को वर्षको कंग्रेसको जिम्मा हङकङ स्पोर्ट्स प्रेस एसोसियसनलाई दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै