मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग

Ujyalosandeshonline 12450+ समाचार ( )
६ असार २०८१, बुधवार

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौंता दिने वातावण तत्काल बनाउन माग गरेको छ । 

दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनिहरुमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको थियो । 

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले प्रहरीले दुग्ध किसानमाथि आज गरेको व्यवहार अमर्यादित भएको बताए । उनले किसानहरुले भुक्तानी नपाउँदा उनिहरु पीडित बनेको बताए । 

बर्तौलाले भने, ‘किसानले सरकार र निजी डेरिहरुलाई दुग्ध पदार्थ बेच्नुभयो । दुध बेचेको रकम भुक्तानीको लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरु पुगे । दुग्ध विकास संस्थान र निजी डेरिहरुले ५ देखि ६ अर्ब किसानहरुलाई तिर्नुपर्ने छ । भुक्तानी नपाउँदा उहाँहरु पीडित हुनुहुन्छ, गाईवस्तुलाई पिठो र दाना किन्न सक्ने अवस्था समेत किसानको छैन ।’ 

यस्तै, बिहानै पक्राउ परेका किसानलाई भेटेर आएको उल्लेख गर्दै प्रमुख सचेतक बर्तौलाले किसानको भुक्तानी दिन बाँकी बक्यौंता तत्काल तिर्ने वातावरण बनाउन अर्थ मन्त्रालय, कृषि मन्त्रालय र प्रधानमन्त्री पुष्पकमद दाहालको ध्यानाकर्षण गराउँदै भुक्तानीका लागि माग गरे । 

‘यो विषयमा म विशेषगरी कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन चाहान्छु । राज्यको तर्फबाट तिर्नुपर्ने र राज्यले वातावरण बनाइदिएर निजी डेरिको तर्फबाट किसानहरुले पाउनुपर्ने दुधको भुक्तानी बक्यौता अभिलम्ब भुक्तानि गरियोस् भन्ने जोडदार माग गर्छु’ बर्तौैलाले भने । 

उनले आन्दोलनरत किसानसँग सरकारले बार्ता गरी बाँकी बक्यौता भुक्तानी गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । निजी र सरकारी पक्षबाट दुग्ध किसानको बाँकी बक्यौता भुक्तानी हुनुपर्ने लगायतका माग सहित पीडित किसानहरु आजदेखि काठमाडौंमा आन्दोलनमा छन् । सरकारले पटक–पटक किसानसँग गरेको सम्झौता–सहमति कार्यान्वयन नगर्दा किसान मर्कामा परेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै