मुख्य समाचार
दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते | रुपन्देहीको कोटहीमाईमा विद्यार्थीको आँखा र दाँत परीक्षण शिविर सम्पन्न | विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि स्वीकृत उम्मेदवारको विवरण सार्वजनिक | ‘नागरिकको सहयोगमा अपराधमुक्त समाज निर्माणमा सहयोग पुगेको छ’ | बुङ्ग छहरा | जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने | जलवायु परिवर्तनका चुनौती बढ्दै | अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग | नवलपरासीको झरही पिडुरा दोभानमा गोही आरक्ष क्षेत्र बनाउन पहल, बढ्दै आन्तरिक तथा भारतीय पर्यटक | लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि छलफल टुंगिने |

नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल

Ujyalosandeshonline 11377+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन् । ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताएका हुन् । 

राष्ट्रपति पौडेलले भने, ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेका छ । आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारीरहेको यहि कारण हो ।’ 

उनले विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दै गएका कारण  समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताए । राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुयाउने विश्वास व्यक्त गरे ।  

उनले ज्ञानसरोवर एकेडेमीमा बनेका चारधामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभयो । राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्धत पुग्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार