मुख्य समाचार
ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न |

बकैया गाउँपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा

Ujyalosandeshonline 12620+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको छ । औपचारिक कार्यक्रममार्फत बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारको प्रमुख आतिथ्यतामा सो घोषणा गरिएको हो । गाउँपालिकाले खोपसम्बन्धी सम्पूर्ण मापदण्ड र प्रक्रिया पूर्ण गर्दै पूर्ण खोप निर्देशिकाअनुसारको कार्यान्वयन सफलतापूर्वक सम्पन्न गरेको थियो ।

कार्यक्रमका दौरान जिल्ला खोप समन्वय समिति सदस्य सचिन कृष्ण बहादुर मिजारले पालिका अध्यक्ष लामिछानेलाई पूर्ण खोप सुनिश्चिता घोषणापत्र हस्तान्तरण गरे। त्यसपछि पालिकाका १२ वटै वडा कार्यालय र १२ वटा स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको हातबाट प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन बकैया गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रमेश फुयालले गरेका थिए ।

यस अवसरमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, विभिन्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले पालिकाको स्वास्थ्य क्षेत्रमा भएको उपलब्धिको प्रशंसा गर्दै शुभकामना मन्तव्य पनि व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार