मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

रासस 700+ समाचार ( )
२४ वैशाख २०८३, बिहीबार

खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरचना हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित भएका नगरवासीलाई आफ्नै गाउँ फर्किएर बसोबास गर्न चाहेमा सहयोग गर्ने निर्णय गरेको हो ।  

नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक नगर क्षेत्रका नागरिकलाई आफ्नै जग्गामा घर निर्माणमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “सरकारले देशभरका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणमुक्त बनाउने अभियान सञ्चालन गरेको छ”, उहाँले भन्नुभयो, “त्यस क्रममा विस्थापित भएका नगरवासीलाई सम्मानपूर्वक जीवनयापनका लागि आफ्नै ठाउँमा फर्कन आह्वान गरेका छौँ । जग्गा भए पनि बस्न घर नभएका परिवारलाई नगरपालिकाले आवास निर्माणमा सहयोग गर्नेछ ।”

नगर कार्यपालिकाले विस्थापित नगरवासीको लगत सङ्कलन गर्न उपप्रमुख रमेशकुमार राउतको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले सूचना जारी गरी आवेदन आह्वान गर्ने र आफ्नो ठाउँमा फर्कन इच्छुक परिवारको पहिचान गरी आवास निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो  ।नगरका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष कमल गिरीका अनुसार आवास निर्माणका लागि प्रतिपरिवार रु पाँच लाख उपलब्ध गराइनेछ ।  

यसैबीच, जिल्लाका १० वटा स्थानीय तहलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न जिल्ला प्रशासन कार्यालयले परिपत्र गरेको छ । प्रशासकीय अधिकृत प्रभात ढकालले अतिक्रमित जग्गाको पहिचानसहित अतिक्रमण हटाउने योजनासमेत पेस गर्न भनिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनका आधारमा उक्त विवरण मागिएको हो । “अतिक्रमित जग्गा राज्यको स्वामित्वमा ल्याउन सरकारले पहल थालेको छ । लगत सङ्कलनपछि आवश्यक प्रक्रिया पूरा गरी अतिक्रमित संरचना हटाउनेछौँ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार