मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त छ : लिङ्देन

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ माघ २०८०, शनिबार

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार कुन योजनाबाट धेरै कमिसन आउँछ त्यही योजनालाई मात्र अघि बढाउन तल्लिन रहेको आरोप लगाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त हुँदै राजनीतिलाई कमाई गर्ने पेसा स्थापित गर्न खोजिएको आरोप लगाए । 

उनले भने, ‘ संस्थागत रुपमा भ्रष्टाचार, नीतिगत रुपमा भ्रष्टाचार भएको छ । योग्यता र क्षमाताको आधारमा होइन, पहुँचका आधारमा राजनीतिका सुविधाहरु वितरण हुने, राजनीति भन्नु नै कमाउनु हो र राजनीति भनेको पेसा हो भन्ने कुरा स्थापित गर्न खोजिदै छ । गणतन्त्र ल्याउने दल र तिनका नाइकेहरुले यसरी राष्ट्रियताविरुद्ध धावा बोल्न थालेपछि जनमानसमा राष्ट्रियप्रति वितृष्णा पैदा नभएर के हुन्छ?’

अब हस्तक्षेप गर्ने समय आइसकेको बताउँदै उनले गणतन्त्रको १५ वर्ष राष्ट्रियतालाई कमजोर पार्न प्रयोग भएको उल्लेख गरे ।  कुनै पनि व्यवस्था आफैंमा साध्य नहुने उनको भनाई थियो । 

उनले भने, ‘कुनैपनि व्यवस्था आफैंमा साध्य होइन, साधन मात्र हो । गणतन्त्रको १५ वर्षको अभ्यासले यो प्रमाणित गरिसकेको छ । गणतन्त्र हाम्रो देशमा राष्ट्रियता, धर्म निरपेक्षता, संघीयता अनुपयुक्त मात्र होइन असफल रहेछ भन्ने प्रमाणित गरिसक्यो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार