मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

मर्चवार आदर्श बहुमुखी क्याम्पसको ७ औं साधारण सभा सम्पन्न

Ujyalosandeshonline 12441+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

भैरहवा । मर्चवार आदर्श बहुमुखी क्याम्पसको ७ औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिका–५ मझगावाँस्थित उक्त क्याम्पसले साधारण सभा गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख रामकृपाल धोबीले मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारको शैक्षिक धरोहरको रुपमा रहेको बताए ।

उनले मर्चवार क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन मर्चवार आदर्श बहुमुखी क्याम्पसले प्रभावकारी रुपले शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । सामूदायिक विद्यालयप्रति आम नागरिकको विश्वास बढाउनुपर्छ । यसका लागि शिक्षक, व्यवस्थापन समिति तथा अभिभावक सबैले भूमिका महत्वपूर्ण हुन्छ ।’

त्यस्तै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले मर्चवार आदर्श बहुमुखी क्याम्पस प्रगतितर्फ बढिरहेको बताए । उनले स्थापनाकालदेखि हरेक दिन व्यवस्थापन तथा शैक्षिक गुणस्तरमा जोड दिएको भन्दै मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारमा शैक्षिक क्रान्ति ल्याएको बताए । 

क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख रामकेश पालले वि.सं. २०६७ सालमा स्थापना भएको यो क्याम्पसले विभिन्न चुनौतीहरुको सामना गर्दै आएको बताए ।  क्याम्पसमा ३ सय ९२ विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख पालले बताए । 

उनले भने, ‘विद्यार्थीहरुलाई अध्यापनको लागि कक्षाकोठा पर्याप्त भए पनि अन्य आवश्यक भवन तथा व्यवस्थापन तथा सञ्चालन खर्चको अभाव छ । क्याम्पस सञ्चालनको लागि भवन भएर मात्र हुँदैन, त्यसलाई सञ्चालन गर्न शिक्षकको तलब, पुस्तकालय, मसलन्द, फर्निचर, विद्युतीय उपरकण, प्रयोगात्मक शिक्षण सामग्री लगायत विभिन्न कुराको व्यवस्थापन गर्न अति जरुरी हुन्छ ।’ 

क्याम्पसका शिक्षक महेश गुप्ताको सञ्चालनमा भएको साधारण सभामा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड, कोेटहीमाई–५ का वडाध्यक्ष संजय कुमार सैनी, प्रकोप व्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी लगायत मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार