मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

पश्चिम नवलपरासीको सुस्तामा महिलाको बेवारिसे शव फेला, अनुसन्धान सुरु

Ujyalosandeshonline 12611+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ स्थित भारतीय गण्डक नहर नजिकै झाडीमा एक २५/२६ वर्षीया महिलाको बेवारिसे शव फेला परेको छ । घटनाको जानकारी पाउने बित्तिकै स्थानीय प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, मृत फेला परेकी महिलाको पहिचान हुन सकेको छैन । शव कसको हो र मृत्युको कारण के हो भन्ने बारेमा गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कुडियाबाट प्रहरी सहायक निरीक्षक ईन्द्रजित यादव र इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको टोली खटाईएको छ । टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) ले मृतक महिलाको पहिचानका लागि सार्वजनिक अपिल गरेको छ । यदि कसैले मृतक महिलालाई चिन्ने वा चिनाउने कुनै जानकारी भएमा नजिकको आफन्तलाई खबर गरिदिनका साथै जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) को हटलाईन १००, ०७८-५२०१९९, वा फोन नं. ९८५७०९१२०० मा सम्पर्क गर्न अनुरोध गरेको छ । घटनास्थलमा प्रहरीको अनुसन्धान जारी छ। प्रहरीले छिट्टै नै घटनाको सत्यतथ्य बाहिर ल्याउने बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार