मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पश्चिम नवलपरासीको सुस्तामा महिलाको बेवारिसे शव फेला, अनुसन्धान सुरु

Ujyalosandeshonline 11768+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ स्थित भारतीय गण्डक नहर नजिकै झाडीमा एक २५/२६ वर्षीया महिलाको बेवारिसे शव फेला परेको छ । घटनाको जानकारी पाउने बित्तिकै स्थानीय प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, मृत फेला परेकी महिलाको पहिचान हुन सकेको छैन । शव कसको हो र मृत्युको कारण के हो भन्ने बारेमा गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कुडियाबाट प्रहरी सहायक निरीक्षक ईन्द्रजित यादव र इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको टोली खटाईएको छ । टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) ले मृतक महिलाको पहिचानका लागि सार्वजनिक अपिल गरेको छ । यदि कसैले मृतक महिलालाई चिन्ने वा चिनाउने कुनै जानकारी भएमा नजिकको आफन्तलाई खबर गरिदिनका साथै जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) को हटलाईन १००, ०७८-५२०१९९, वा फोन नं. ९८५७०९१२०० मा सम्पर्क गर्न अनुरोध गरेको छ । घटनास्थलमा प्रहरीको अनुसन्धान जारी छ। प्रहरीले छिट्टै नै घटनाको सत्यतथ्य बाहिर ल्याउने बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार