मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

धकधईमा ‘एएनपीआर क्यामेरा’ जडान

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ माघ २०८०, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन ‘एएनपीआर क्यामेरा’ जडान गरिएको छ । धकधई चोकमा उक्त क्यामेराको जडान गरिएको हो ।

भैरहवा–परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको नम्बर प्लेट पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले एएनपीआर क्यामेरा जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

ईलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब सवारी दुर्घटनापश्चात उक्त दुर्घटनाबारे अनुसन्धान गर्न थप सजहता प्रदान हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । ‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि हो ।

सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो क्यामेरा महत्वपूर्ण छ, ’उनले भने । गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ का लागि १० लाख रुपैयाँ बिनियोजन गरेर क्यामेरा जडान गरिएको बताए । ईप्रका धकधईबाट निगरानी हुने गरी क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण चालकहरु ‘हिट एण्ड रन’ गरेर भाग्ने भएकाले सवारीसाधनको ‘मुभमेन्ट’ पत्ता लगाउन सजिलो हुने भएकाले यो क्यामेरा बहुउपयोगी हुने विश्वास लिइएको बताए । उनले भने, ‘क्यामेरा जडान भएपछि ‘हिट एण्ड रन’ गरेर नवलपरासी र भैरहवाबाट भागेर आएका सवारीसाधनहरुको पहिचान गर्न र कानूनी दायरामा ल्याउन सकिने हाम्रो विश्वास छ ।’

क्यामेरा जडान गरेको कम्पनी मुइन इन्टरनेशनल प्रा.लि. काठमाडौंका टेक्निकल डाइरेक्टर रविनराज अमात्यले नम्बर प्लेट पहिचान र सडक सुरक्षा ‘एएनपीआर क्यामेरा’ को मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवरीसाधनको फोटो र भिडियो बनाएर सेभ गर्छ । साथै सवारीका नम्बर प्लेट पहिचान हुने भएकाले चोरीलगायत विभिन्न घटनाको अनुसन्धान गर्न यसले सहयोग गर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार