मुख्य समाचार
ओमानसँग नेपाल ए टोली पराजित | मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर | गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने | गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ |

सिरहाको एक घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

Ujyalosandeshonline 11044+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।

गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा चार जना प्रहरी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा चार गरी आठ जनाको संयुक्त टोली खटिएको थियो ।

टोलीले पोखरिया निवासी करिब ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्र २६ वटा पोका गाँजा फेला परेको थियो । पछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक राज यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

शुक्रबार बिहान थप १ पोका गाँजा फेला परेपछि बरामद पोका संख्या २७ पुगेको छ, जसको कुल तौल ७१७.६ केजी रहेको प्रहरीले जनाएको छ । हाल घरधनी मेदी यादव फरार रहेका छन् र खोजी कार्य जारी रहेको छ । बरामद गाँजा तथा आवश्यक अनुसन्धानका लागि सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार