मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

Ujyalosandeshonline 12547+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

जनकपुर । खडेरीको मारमा परेको मधेश प्रदेशमा राहतका रूपमा चालु आर्थिक वर्षको योजना ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले खानेपानी डिप बोरिङ्ग जडानबाट सुरु गरेको छ । मधेश प्रदेश सरकारका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका–२ परशुराम तलाउस्थित मन्दिर क्षेत्रमा पहिलो चरणको खानेपानी डिप बोरिङ्ग जडान कार्य थालेको हो । साउने सोमवारी मेलामा आउने श्रद्धालुहरूलाई परेको खानेपानी अभाव समाधान गर्न सो कार्य सुरु गरिएको हो ।

बिहीबार एक विशेष कार्यक्रममा प्रदेशका ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेष नारायण यादवको प्रमुख आतिथ्यमा मन्दिरका पुजारी राधामोहन दासद्वारा विधिपूर्वक पूजा गरि बोरिङ्ग कार्यको सुरुवात गरिएको हो । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले खडेरीका कारण सिचाइ तथा खानेपानी दुवैमा गम्भीर समस्या उत्पन्न भएको भन्दै विभिन्न वडामा डिप बोरिङ्ग जडानको माग राखेका थिए ।

उनीहरूको पीडा सुन्दै मन्त्री यादवले भने, ‘संसाधन सीमित भए पनि आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरी वडावडामा खानेपानी बोरिङ्ग जडान कार्य अघि बढाइएको छ ।’ गम्भीर खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले ‘सुख्खा क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले समेत तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । तर संघीय सरकारबाट हालसम्म कुनै विशेष राहत प्याकेज घोषणा भएको छैन ।

मन्त्री यादवका अनुसार प्रदेश सरकारले तत्कालका लागि प्रत्येक वडामा डिप बोरिङ्ग जडान गर्ने योजना अघि सारेको छ । उनले भने, ‘खडेरीले सिचाइ मात्र होइन, खानेपानीमा समेत गम्भीर असर पारेको छ । त्यसैले अहिले प्राथमिकता खानेपानीमा दिइएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार