मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

रुपन्देहीमा छठ पर्वको उल्लास: अस्ताउँदो सूर्यलाई अर्घ्य, शान्ति र समृद्धिको कामना

Ujyalosandeshonline 11308+ समाचार ( )
१० कार्तिक २०८२, सोमबार

भैरहवा । कार्तिक शुक्ल षष्ठीको पावन अवसरमा सूर्यदेव र षष्ठी माताको आराधना गरिने छठ पर्व रुपन्देही जिल्लाभरि भव्य रुपमा मनाइँदैछ । सन्तान, परिवार र समाजको सुख-समृद्धिको कामना गर्दै भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, जिल्लाका १६ वटा स्थानीय तहका २ सय ७७ स्थानमा छठ मइयाको पूजा-आराधना भइरहेको छ। बुटवल, तिलोत्तमा, सिद्धार्थनगर जस्ता शहरी क्षेत्रदेखि गैडहवा, मायादेवी, रोहिणी, मर्चवारी, ओमसतिया, कोटहीमाई जस्ता गाउँपालिकाहरूमा र लुम्बिनी सांस्कृतिक नगरपालिकासम्म श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ । प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, नदी, नाला, पोखरी र अन्य जलाशयहरूमा सरसफाइ गरी बेदी निर्माण, घडाको सजावट र दीप प्रज्वलनसहित भक्तिपूर्वक पूजा सम्पन्न भइरहेको छ। भक्तजनहरूको सुरक्षाका लागि जिल्लाभरि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।  

चार दिनसम्म चल्ने यो पर्व बिहीबारदेखि सुरु भएको हो । आज षष्ठी तिथिमा व्रतालुहरूले कठोर निराहार बसी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत विधिपूर्वक सम्पन्न हुनेछ। धार्मिक ग्रन्थहरूका अनुसार, महाभारतकालीन युगमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र अत्रिमुनिकी धर्मपत्नी अनुसूयादेवीले अटल सौभाग्य प्राप्तिका लागि यो व्रत गरेको उल्लेख छ। साम्ब पुराणमा भगवान् श्रीकृष्णका पुत्र साम्ब कुष्ठरोगमुक्त भएको कथा पनि पाइन्छ, जसले छठ व्रतले रोग, दरिद्रता र दुःख-कष्ट नाश गरी परिवारमा शान्ति ल्याउने जनविश्वास छ ।

छठको पूजामा बाँसका सूप, डाकी, माटोको दीयो, ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी र विभिन्न फलफूल चढाइन्छ। यी सामग्रीहरूले प्रकृति र मानवबीचको पवित्र सम्बन्धलाई दर्शाउँछन्। अर्घ्य अर्पणका बेला घाटहरूमा दीप प्रज्वलन, आरती र भजनका स्वर गुञ्जिँदा सम्पूर्ण वातावरण भक्ति र शान्तिले भरिएको छ।

वि.सं. २०४६ सालदेखि सरकारले छठ पर्वमा सार्वजनिक बिदा दिन थालेपछि तराईका सीमित क्षेत्रमा मनाइने यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। रुपन्देहीका घाटहरूमा बलेका हजारौं दीपहरूले देशभर श्रद्धा, आस्था र एकताको उज्यालो फैलाएका छन् । अस्ताउँदो सूर्यका सुनौला किरणमा व्रतालुहरू "हे दिनानाथ सूर्यदेव, हाम्रो जीवनमा उज्यालो फैलाऊ, परिवारमा सुख, शान्ति र समृद्धि प्रदान गर" भन्दै प्रार्थना गरिरहेका छन् । छठ पर्व केवल एक पूजा नभई निष्ठा, संयम र प्रकृतिप्रतिको कृतज्ञताको एक महान् सांस्कृतिक उत्सव हो, जसले सम्पूर्ण समाजलाई प्रेम, एकता र आस्थाको सूत्रमा बाँध्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार