मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने सरकारको प्राथमिकतामा

Ujyalosandeshonline 12445+ समाचार ( )
तस्बिर : गोपाल दाहाल/रासस
२५ श्रावण २०८३, सोमबार

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई देशभित्र नै रोजगारीका अवसर प्राप्त हुने गरी सीप विकास रोजगारीका कार्यक्रम नेतृत्व विकास उदमशिलता प्रवर्द्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उहाँले युवाका सवाल रोजगारी सीप सूचना प्रविधि उदमशीलता जलवायु परिवर्तन खेलकुद नवप्रवर्तन र सामाजिक नेतृत्वसँग जोडिएका बहुआयमिक विषय रहेको प्रष्ट पार्नुभयो । मन्त्री यादवले मन्त्रालयले युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय युवा परिषद्को विषयमा सरकार गम्भीर  रहेको जनाउँदै उहाँले युवाको हित को संरक्षण र सम्वर्द्धन गर्दै आएको बताउनुभयो ।  उहाँले सक्षम सृजनशील नैतिक एवं सभ्य नागरिक तयार गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् क्रियाशील रहेको छ  पनि उहाँले प्रष्ट पार्नुभयो । परिषद्लाई थप प्रभावकारी तथा युवाको सम्बन्धित विषयमा नेतृत्व निकायको रुपमा विकास गर्ने गरी राष्ट्रिय युवा परिषद् ऐन २०७२ को समसामायिक पूर्णावलकन गरी नयाँ ऐन ल्याउन राष्ट्रिय युवा ऐन मस्यौदा तयार भएको उहाँले जानकारी दिनुभयो ।

युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तरराष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्रिय निर्माणमा परिचालन गर्ने गरी युवा नीति २०८२ आएको मन्त्री यादवले सुनाउनुभयो । यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तरराष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको उहाँले बताउनुभयो ।

नीतिले आगामी दशकमा युवालाई विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र गरेको मन्त्री यादवको विश्वास छ । युवालाई नेतृत्व सीप र रोजगारीसँग जोड्ने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन भएको र युवाको रोजगार योग्यता बढाउने सीप विकास गर्ने, उदमशिलता प्रवर्द्धन गर्ने श्रम बजारसँग जोड्ने र स्थानीय तहसम्म अवसर विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

रोजगार प्रवर्द्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता रहेको जनाउँदै उहाँले यस अभियानमार्फत स्वदेशमै प्रशस्त अवसरहरु सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्रिय निर्माणमा लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । सहिद परिवार जेनजी आन्दोलनका घाइते अपाङ्गता भएका व्यक्ति सुकुमवासी तथा श्रीमानकृत समुदायलाई लक्षित गरी कार्यस्थलमा आधारित सीप विकास तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको पनि उहाँले सदनलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार