मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

भैरहवामा दसैँ विशेष डाण्डिया साँझ र रात्रि भगवती जागरणको तयारी पूरा

Ujyalosandeshonline 12320+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

भैरहवा । दसैँको पावन अवसरमा भैरहवामा भव्य डाण्डिया साँझ तथा रात्रि भगवती जागरण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। श्री श्री सार्वजनिक दुर्गा पूजा समिति, अखाडा नम्बर २, मैत्रीपथको आयोजनामा असोज १४ गते डाण्डिया साँझ र असोज १५ गते रात्रि भगवती जागरण हुने भएको हो ।

समितिका अध्यक्ष रवि कुमार जयसवालले पत्रकार सम्मेलनमा जानकारी दिँदै यस वर्षको डाण्डिया साँझमा एक हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको बताए। उनले विगत वर्षदेखि नै डाण्डियाको आयोजना हुँदै आएको र यसले स्थानीय संस्कृति र परम्परालाई जिवन्त राख्न सहयोग पुगेको उल्लेख गरे । रात्रि जागरण कार्यक्रममा भारतका प्रसिद्ध कलाकार प्रमोद चल्चलको समूह र दिल्लीको झाँकी समूहले विशेष प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरूको पनि सहभागिता रहने जयसवालले जानकारी दिए।

कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष दिपेश गुप्ताका अनुसार डाण्डिया कार्यक्रमको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइनुका साथै सम्पूर्ण कार्यक्रम स्थलमा स्वयंसेवक र सिसिटिभीको व्यवस्था गरिएको छ। उनले डाण्डियामा सभ्य पोसाकमा आउने सहभागीलाई मात्र प्रवेश दिइने स्पष्ट पारे।

समितिका सचिव विशाल श्रीवास्तवले दुवै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। नवमीको दिनमा बिहान ३ बजेसम्म चल्ने जागरण कार्यक्रममा उपस्थित सबै श्रद्धालुहरूका लागि प्रसादको व्यवस्था गरिएको छ। कार्यक्रम सम्पन्न गर्न करिब ७ लाख खर्च हुने अनुमान गरिएको छ, जुन रकम स्थानीय दाता तथा प्रायोजकहरूबाट जुटाइनेछ।

समितिका सल्लाहकार दीपक कौशल र किरण देवी सुनारले यस्ता कार्यक्रमले परम्पराको संरक्षणका साथै स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत सहयोग पुर्‍याएको बताए। अखाडा नम्बर २ ले विगत २३ वर्षदेखि निरन्तर यो कार्यक्रम गर्दै आएको छ, जसले गर्दा भैरहवा र आसपासका क्षेत्रका श्रद्धालुहरूलाई यसमा सहभागी हुन आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार