मुख्य समाचार
मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर |

जिल्ला प्रशासन कार्यालयको सूचना : १० बजे पछि मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम नगर्नु

Ujyalosandeshonline 11504+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १० बजे पछि देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै शान्ति सुरक्षालाई असर पर्ने कुनै क्रियाकलाप नगर्न आग्रह गरेको हो । चाडपर्वलाई मर्यादित, व्यवस्थित एवं शान्तिपूर्ण तरिकाले मनाउन कार्यालयले आग्रह गरेको छ । देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्न कार्यालयले सूचना जारी गर्दै आग्रह गरेको छ ।

सूचनाको बर्खिलाप हुने क्रियाकलापहरु प्रचलित कानूनको दायराभित्र आउने प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै पटका, आतिसबाजी जस्ता प्रज्जवनशील पदार्थको प्रयोग तथा जुवातास खेल्ने कार्य कानूनतः पूर्ण रुपमा निषेधित रहेकाले यस्ता कार्य दण्डनीय हुने भएकाले नगर्न÷नगराउन प्रशासन कार्यालयको आग्रह छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवं विद्युतीय उपकरणहरु प्रयोग गरी पर्व मनाउँदा आगलागी जस्ता विपद्का घटना घट्न सक्ने भएकाले सजगतापूूर्वक कार्य गरी जोखिम न्यूनीकरणमा विशेष ध्यान पुर्याउन कार्यालयले आग्रह गरेको छ ।

दीपावली, छठ लगायतका पर्वमा प्लाष्टिकजन्य फूल, गुच्छाको उत्पादन, आयात, निर्यात र विक्रीवितरणमा रोक लगाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले बताए । रोक लगाइएका वस्तुहरुको प्रयोग नगर्न उनले सूचनामार्फत आग्रह गरेका छन् ।

मदिरा तथा मदिराजन्य पदार्थको विक्रीवितरण प्रचलित कानून बमोजिम अनुमति प्राप्त व्यवसायीले मात्र गर्नहुन र त्यस्ता पदार्थको विक्री वितरण राती ९ बजेसम्म मात्र गर्नहुन सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार