मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

भानु माविको ४८ औं वार्षिकोत्सव सम्पन्न

Ujyalosandeshonline 12455+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयले ४८ औं वार्षिकोत्सव मनाएको छ । बुधबार विद्यालयमा ४८ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस एवं साँस्कृतिक कार्यक्रम गरी विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आम जनताको करबाट उठेको पैसा जनताकै बीचमा खर्च हुनुपर्ने मान्यता अनुसार भानु माविमा पनि चारकोठे भवनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । उनले आगामी दिनमा पनि विद्यालयको लागि बजेट विनियोजन गरिने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले आफ्ना बुवाले भानु माविमा अध्यापन गरेको स्मरण गरे । उनले भने, ‘जनताको करबाट विकास निर्माण हुन्छ । म धन्यवादको पात्र होइन । जनताको मतबाट निर्वाचित भएर सांसद् तथा मन्त्री भएकाले जनताको लागि काम गर्नु मेरो दायित्व हो ।’

आफ्नो शक्ति र सामर्थयले भ्याएसम्म काम गर्ने उनले बताए । परनिर्भरताबाट बच्ने प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले सबै एकजुट भएर विद्यालयको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले सीमित स्रोतसाधनका बाबजुद भानु माविले उत्कृष्ट नजिता हासिल गरेको बताए ।

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले आफ्ना बालबालिकाप्रति अभिभावकले चासो राख्नुपर्ने बताए । उनले भने, ‘अभिभावकको सक्रियता आवश्यक छ । ’

हाल विद्यालमा ८०७ जना विद्यार्थी र ३७ जना शिक्षकशिक्षिका कार्यरत रहेको उनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानको अध्यक्षता तथा विद्यालयकी सहायक प्रधानाध्यापक पवित्रा कोइरालाको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार