मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी सैनिक महाविद्यालयलाई

Ujyalosandeshonline 12547+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ । ‘नेपाल एपिएफ स्कुल कीर्तिपुरको २१औँ स्थापना दिवस’का अवसरमा सञ्चालन भएको तेस्रो नेपाल एपिएफ स्कुल अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८२’कोे उपाधि सैनिक आवशीय महाविद्यालय सल्लाघारीले जितेको छ ।

आज भएको फाइनल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय सल्लाघारीले नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई ६–१ गोलको अन्तरले पराजित गरी विजयी भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उपाधि जित्न सफल सैनिक आवासीय महाविद्यालय सल्लाघारी तथा उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै स्थापना दिवसका अवसरमा नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई सहयोग पुर्याउनुहुने महानुभाव तथा सङ्घसंस्थालाई समेत कदरपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा महानिरीक्षक अर्यालले स्थापना दिवसको गौरवपूर्ण अवसरमा विगतका प्रेरणादायी यात्राको स्मरण गर्नहुँदै नेपाल एपिएफ स्कुलले आगामी दिनमा शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै अझ उचाइको शिखरतर्फ अग्रसर हुन आग्रह गर्नुभयो । 

उहाँले शैक्षिक तथा खेलकुदको क्षेत्रमा नेपाल एपिएफ स्कुल सक्षम, अनुशासित र विश्वासिलो संस्थाका रूपमा स्थापित हुँदै आएको चर्चा गर्नहुँदै सीमित स्रोतसाधनको अधिकतम तथा प्रभावकारी रूपमा प्रयोग गर्दै सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारणका सन्ततिहरूलाई गुणस्तीय, मूल्य आधारित र व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।महानिरीक्षक अर्यालले खेलकुद खेलमात्र नभई राष्ट्रको परिचयसमेत रहेको बताउनुहँुदै खेलमैदानमा उत्रिएपछि जित तथा हारभन्दा पनि खेलाडीले देखाएको इमानदारिता, अनुशासन र राष्ट्रप्रेमप्रतिको भावले राष्ट्रको गरिमा बढाउने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार