मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

सीमावर्ती क्षेत्रको आर्थिक र पर्यटन विकासका लागि भारत सरकारसँग पहलको माग

Ujyalosandeshonline 12456+ समाचार ( )
४ फाल्गुन २०८२, सोमबार

भैरहवा । भारत–नेपाल सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधि सशक्त बनाउन र द्विपक्षीय सहकार्य विस्तार गर्न माग गर्दै लुम्बिनी प्रेस क्लब, नेपालले भारत सरकारका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरी समक्ष औपचारिक अनुरोध गरेको छ।

भारतको महाराजगन्जमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष कमल रायमाझीको हस्ताक्षरसहित बुझाइएको अनुरोधपत्रमा सीमावर्ती क्षेत्रको आर्थिक क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन भारत सरकारबाट विशेष पहल आवश्यक रहेको उल्लेख गरिएको छ।

अनुरोधपत्रमा भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय लगानीका उद्योग सञ्चालनका लागि भारत सरकारले नेपाल सरकारसँग सहकार्य गर्नुपर्ने माग गरिएको छ। यसका साथै बेलहिया–सुनौली नाकामा निर्माण सम्पन्न भइसकेको एकीकृत जाँच चौकी (आईसीपी) लाई तत्काल सञ्चालनमा ल्याउन भारत सरकारबाट विशेष पहल हुनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, नेपाल–भारत सीमावर्ती क्षेत्रको क्रस बोर्डर पर्यटन विकासका लागि विशेष योजना ल्याउन, नेपालमा तीव्र गतिमा अघि बढिरहेको औद्योगिकीकरणमा भारतीय लगानीकर्तालाई प्रोत्साहन गर्न र द्विपक्षीय आर्थिक सहकार्यलाई थप मजबुत बनाउन आग्रह गरिएको छ।

पत्रमा नेपाल र भारतबीचको पत्रकारिता क्षेत्रको एकता र विकासका लागि क्रस बोर्डर जर्नालिज्म एकेडेमी सञ्चालन गर्न पनि प्रस्ताव गरिएको छ। उक्त एकेडेमी सञ्चालनका लागि महराजगंज प्रेस क्लब को अगुवाइमा विशेष कदम चाल्न भारत सरकारसँग अपेक्षा गरिएको छ।

यस्तै, भगवान बुद्धसँग सम्बन्धित ऐतिहासिक एवं धार्मिक स्थलहरूलाई जोडेर ‘बुद्ध सर्किट’ निर्माण गर्न पनि भारत सरकारलाई आग्रह गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको स्थान बोधगया, पहिलो धर्मचक्र प्रवर्तन गरेको स्थान सारनाथ तथा महापरिनिर्वाण स्थल कुशीनगर लाई समेटेर समग्र बौद्ध पर्यटन प्रवद्र्धनका लागि साझा पहल आवश्यक रहेको क्लबको धारणा छ।

लुम्बिनी प्रेस क्लबले सीमावर्ती क्षेत्रको आर्थिक, औद्योगिक तथा पर्यटन विकासले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै भारत सरकारबाट सकारात्मक पहलको अपेक्षा गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार