मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

सुनसान रहेका भैरहवा र पोखरा विमानस्थलमा चहलपहल बढ्ने, हिउँदे सिजनमा उडान सुरु गर्ने तयारी

Ujyalosandeshonline 12321+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

भैरहवा । लामो समयदेखि अन्तर्राष्ट्रिय उडान हुन नसकेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब विदेशी वायुसेवा कम्पनीहरूले पुनः उडान सञ्चालनको तयारी गरिरहेका छन् । भैरहवामा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सुरु गर्ने भएका छन् । थाई एयर एसियाले अक्टोबर २६ देखि हप्तामा दुई उडान गर्ने तयारी गरेको छ भने जजिरा एयरले पनि हिउँदे सिजनमा उडान सुरु गर्ने योजना बनाएको छ । हाल भैरहवाबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनमा छैनन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ। सिचुवान एयरलाइन्सले छेन्दु हुँदै पोखराबाट अष्ट्रेलिया उडान गर्ने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सरकारले यी दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी वायुसेवालाई आकर्षित गर्न विभिन्न छुट सुविधाहरू प्रदान गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट दिइएको छ । साथै, दुवै विमानस्थलमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुटका साथै नेपाल एयरलाइन्सले प्रदान गर्ने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्राधिकरणका अनुसार जजिरा र सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि अन्य विदेशी वायुसेवाहरू पनि यी विमानस्थलतर्फ आकर्षित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार