चर्चित मास्टर सेफ सन्तोष साहले झम्सीखेलमा खोेले ‘मिथिला थाली’

Ujyalosandeshonline 11139+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

काठमाडौं ।  काठमाडौंको झम्सीखेलमा पहिलो पटक मिथिला खानाको परिकारसहितको विशिष्ट होटल ‘मिथिला थाली’ संचालित छ । अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका मास्टर सेफ सन्तोष साहले संचालनमा ल्याएको उक्त मिथिला थाली होटलमा मिथिला परिकारका विभिन्न व्यञ्जनहरु उपलब्ध छन् । 

जनकपुरधाममा पहिलो पटक मिथिला खाना परिकारसहितको विशिष्ठ होटल ‘मिथिला थाली’ संचालनमा ल्याएका साहले सोहि प्रकृतिको होटल काठमाडौंमा समेत संचालन गरेका हुन् ।  

बढदो आधुनिकतासँगै विलप्त हुँदै गएको बथुवा सागको बिरियाको सब्जी, तिलौरी, दनौरी, फुलौरी, ओलको तरकारी, बडीकढीलगायतका परिकारलाई ताजापन गर्न र विश्वस्तरसम्म पुर्याउने उद्देश्यले डेढ करोडको लागतमा मिथिला थाली नामक होटल संचालनमा ल्याइएको संचालक साहले बताए ।

उनले भने, ‘नेपालमा मान्छेहरुको सोच वदलिसकेको छ । नेपालमा केही हँुदैन, केही गर्नै सकिदैन भन्ने युवा जमातको लर्को छ । त्यसो हुँदा सास्टर सेफ जितिसकेपछि अब म जे गर्छु नेपालमा गर्छु भन्ने योजना बनाएर नेपाल फर्किए । जनकपुरधाम मिथिलाको प्रमुख केन्द्रबिन्दु भएकाले त्यहाँबाट हामीले सुरुवात गरेका हौं । अब काठमाडौंमा पनि भयो । विस्तारै, धरान, नारायणघाट, नेपालगञ्जलगायतका ठाउँमा पनि खोल्ने योजना बनाएका छौं ।’

दुई वर्ष पहिले आफू विदेशमा जागिर गरिरहेको भएपनि अहिले आफ्नै देशमा दुईसय बढी नेपालीलाई रोजगारी दिन पाएकोमा साहले खुशी व्यक्त गरे । 

बाल आश्रम र देख्न तथा सुन्न नसक्ने नागरिकलाई समेत सहयोग गरिरहेका साहले दोहा कतारमा  मिथिला खाना परिकारको यस्ता होटेल तथा रेष्टुरेन्ट संचालनमा ल्याउने लक्ष्य सुनाए । 

उनले भने, ‘मैले यससँगै कलेजमा हाउस किपिङका लागि पढाउने पनि गरेको छु । यदि कोही कान नसुन्ने, आँखा नदेख्ने मान्छेलाई काम पाउन समस्या भइरहेको छ भने ६ महिनाको तयारी कक्षा दिएर खान, बस्न दिएर तलबमा काम लगाउने ग्यारेन्टी पनि लिन्छौं ।’

शाकाहारीतर्फ मात्र २ सय ५० रुपैंयामा दाल, भात, बिरियासहितका अन्य तरकारी, भुजिया, पापर, साग, चोखा, आचार, दही, बडकढी, सेबई खिर सहित २७ प्रकारका परिकार दिइने साहले बताए । यस अभियानले मिथिला र मधेशको चेलीबेटीहरुलाई रोजगार र घरेलु उत्पादनमा सहभागिता भई आम्दानीको स्रोत हुने बिश्वास उनको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार