मुख्य समाचार
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित | लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने | रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग | बालक हत्या गरेको आरोपमा एक जना पक्राउ | एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता | सप्तरीमा घुस रकमसहित निमित्त कार्यालय प्रमुख र चालक नियन्त्रणमा | रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा | कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी सडक | प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए |

धनुषामा सहनी मृत भेटिए,उनकी पत्नी गम्भीर घाइते

Ujyalosandeshonline 11705+ समाचार ( )
१ माघ २०८०, सोमबार

धनुषा । धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी आज बिहान मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा पाइएको  इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । उनका अनुसार मृतक सहनी अन्दाजी ३० र उनकी पत्नि २८ वर्षकी छन् ।

प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा सोमबार बिहान राधे मृत फेला परेका थिए । उनको श्रीमतीलाई पनि खेतमै अचेत अवस्थामा प्रहरीले फेला पारेको हो । 

गम्भीर घाइते अस्मिताको उद्दार गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान,प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।तर, उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको प्रहरीले जनाएको छ । सोही अस्पतालमा राधेको पोस्मार्टमका लागि शव राखिएको छ ।

६ महिनाअघि प्रेम विवाह गरेका राधे र अस्मिता क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । घटना के कारणले घट्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार