मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

लोकसेवा पढाउँदै सिद्धार्थनगर

Ujyalosandeshonline 12612+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको छ । सरकारी सेवामा आर्कषण घट्दो अवस्थामा रहेको हुदाँ नगरका युवा लक्षित वर्गलाई सरकारी सेवामा आर्कषण र मानव संशाधनको विकास गर्ने उद्देश्यले पालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको हो । 

कक्षामा लोकसेवा सम्बन्धी सामन्य ज्ञान, बौद्धिक परिक्षण, लेखन तथा सेवाका विषयहरुमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिकाका समाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिए । उनका अनुसार फागुन १ गते देखि चैत ३० गतेसम्म कक्षा संचालन हुनेछ । 

नासु पदको तयारी कक्षामा सहभागी हुन ६१ जनाको आवेदन परेकोमा सबैलाई कक्षामा सहभागी गराइएको उनले बताए । दुई महिनासम्म संचालन हुने तयारी कक्षाका लागि जिल्लाभित्रका सरकारी निकायमा कार्यरत कर्मचारी प्रशिक्षक मार्फत कक्षा संचालन गरिएको सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । 

शिक्षा हासिल गरेका तर आर्थिक लगायत कारण लोकसेवा तयारी कक्षामा सहभागी हुन नसकेका नगरवासीहरुका लागि तयारी कक्षा फलदायी देखिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताइन् । 

सिद्धार्थनगर नगरपालिकाले जनमुखीहरु कार्यहरु गर्दै आएको छ । ‘भौतिक पूर्वाधारको विकाससँगसँगै मानव संशाधनको विकास पनि अपिहार्य छ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘गत वर्ष संचालन गरिएको तयारी कक्षाका लागि नगरवासीको आर्कषण देखिएपछि यस वर्ष पनि कक्षा संचालन गरेका हौँ ।’

गत वर्षपनि निःशुल्क लोकसेवा तयारी कक्षाका लागि मागभन्दा बढी आवेदन परेपछि चालु आ.वमा विगतको वर्षको मागलाई मध्यनजर गर्दै चाल् आ.वमा खरीदार पदको लागि पनि निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार