मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

लोकसेवा पढाउँदै सिद्धार्थनगर

Ujyalosandeshonline 11768+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको छ । सरकारी सेवामा आर्कषण घट्दो अवस्थामा रहेको हुदाँ नगरका युवा लक्षित वर्गलाई सरकारी सेवामा आर्कषण र मानव संशाधनको विकास गर्ने उद्देश्यले पालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको हो । 

कक्षामा लोकसेवा सम्बन्धी सामन्य ज्ञान, बौद्धिक परिक्षण, लेखन तथा सेवाका विषयहरुमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिकाका समाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिए । उनका अनुसार फागुन १ गते देखि चैत ३० गतेसम्म कक्षा संचालन हुनेछ । 

नासु पदको तयारी कक्षामा सहभागी हुन ६१ जनाको आवेदन परेकोमा सबैलाई कक्षामा सहभागी गराइएको उनले बताए । दुई महिनासम्म संचालन हुने तयारी कक्षाका लागि जिल्लाभित्रका सरकारी निकायमा कार्यरत कर्मचारी प्रशिक्षक मार्फत कक्षा संचालन गरिएको सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । 

शिक्षा हासिल गरेका तर आर्थिक लगायत कारण लोकसेवा तयारी कक्षामा सहभागी हुन नसकेका नगरवासीहरुका लागि तयारी कक्षा फलदायी देखिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताइन् । 

सिद्धार्थनगर नगरपालिकाले जनमुखीहरु कार्यहरु गर्दै आएको छ । ‘भौतिक पूर्वाधारको विकाससँगसँगै मानव संशाधनको विकास पनि अपिहार्य छ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘गत वर्ष संचालन गरिएको तयारी कक्षाका लागि नगरवासीको आर्कषण देखिएपछि यस वर्ष पनि कक्षा संचालन गरेका हौँ ।’

गत वर्षपनि निःशुल्क लोकसेवा तयारी कक्षाका लागि मागभन्दा बढी आवेदन परेपछि चालु आ.वमा विगतको वर्षको मागलाई मध्यनजर गर्दै चाल् आ.वमा खरीदार पदको लागि पनि निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार