मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |
मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |


मुख्यमन्त्री सिँहले गरे थप नौ होटल अनुगमन, सानादेखि ठूला होटलका भान्साघर व्यवस्थापनमा समस्या

Ujyalosandeshonline 11437+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामका नौवटा होटलमा अनुगमन गरेका छन् ।१० वटा होटल अनुगमन गरेका मुख्यमन्त्री सिँहले सोमबार साँझ जनकपुरधामका विभिन्न होटलको खाद्य सुरक्षा तथा स्वच्छता स्थिति अनुगमन गरेका हुन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय जननकपुरधाम, साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका अधिकारी र उद्योग वाणिज्य संघ जनकपुरधामका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीसँगै होटल अनुगमन गरेका मुख्यमन्त्री सिँहले प्रादेशिक राजधानी जनकपुरधाम देशविदेशका पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यस्थल रहेको र पर्यटकीय दृष्टिले छुटाउनै नहुने यस गन्तव्यमा रहेका केही होटलमा स्वस्थकर र स्वच्छ खानाखाजा उपलब्ध नहुने गुनासोपछि आफूले अनुगमन थालेको बताए ।

उनले सबै होटलले स्वच्छताको मापदण्ड पछ्याउन खोजे पनि त्यो उचित तथा पर्याप्त नभएको भन्दै बहुसँख्यक होटलमा ग्राहक बस्ने ठाउँ सफा भए पनि भान्साघरमा सरसफाइ तथा त्यहाँ उपयोग हुने सामग्रीको भण्डारण व्यवस्थित नभएको बताए ।

होटलका लागि स्वस्थ्कर सामग्री र स्वच्छता अनिवार्य शर्त भएको भन्दै मुख्यमन्त्री सिँहले मापदण्डअनुसार होटल सञ्चालन नभए कानुनअनुसार कारबाही हुने पनि प्रस्ट्याए ।

‘सरकार सुधारात्मक आग्रहले अघि बढेको छ । यसको अर्थ अनुगमनक्रममा हामीले दिएको सल्लाह वा निर्देशनको पालना होटल सञ्चालकबाट हुनु हो । अटेर भएमा होटल बन्द गर्नेसम्मको कारबाही हुनेछ ।’ मुख्यमन्त्री सिँहले अनुगमनस्थलमा पुगेका सञ्चारकर्मीहरूसँग भने ।

उनले होटलमा बिक्रीवितरण हुने सामग्रीको मूल्य व्यवस्थापन गर्न जिम्मेवार निकायसँग प्रदेश सरकारले समन्वय गर्ने समेत बताए । अनुगमनमा संलग्न जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले होटलमा देखिएका त्रुटि सुधार गर्न आफूहरूले व्यावसायीलाई आह्वान गर्ने बताए ।

सोमबारको अनुगमनमा ९ होटलमध्ये एकमात्र होटलको अवस्था सन्तोषजनक पाइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले बताए ।

अनुगमनक्रममा अत्यधिक सेवाग्राहीको भिड हुने गरेको शिवचौकस्थित न्यु राधा होटल र छपरिया नास्ता पसलमा सरसफाइको अवस्था कमजोर देखिएको र त्यहाँ खाना नहुने २० लिटर तेल, प्याज, समोसा र लिटी  नष्ट गरिएको छ । दुवै होटललाई अन्तिम पटकका लागि भान्साघरको सरसफाइ मापदण्डअनुसार व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

जनकचौकको होटल फिल इट र मिथिला यात्री निवासमा शाकाहारी र मांसाहारी सामग्री छुट्टाछुट्टै राख्न र भान्साकोठाको सरसफाइ व्यवस्थापन गर्न निर्देशन दिइनुका सार्थ त्यहाँ रहेका अखाद्य वस्तु ब्रेड, ब्रेडरोटी र मासु  नष्ट गरिएको छ ।

यसैगरी लक्ष्मी मिष्टान भण्डारमा म्याद गुज्रेका च्याउमिन ५ थान, खान नहुने बिग्रेको बर्फी २० पिस नष्ट गरिएका छन् । सो मिष्ठान भण्डारलाई भान्साघर सरसफाइ व्यवस्थापनमा गम्भीर नभए होटल नै बन्द गराउनुपर्ने अवस्थाका बारेमा जानकारी गराइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार