मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

नेपाल मोबाइल व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा गुप्ता

Ujyalosandeshonline 12543+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

भैरहवा । नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन गरिएको छ । भैरहवामा भएको भेलाले बैजनाथ गुप्ता (बी.एन.)को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । भैरहवा निवासी गुप्ता मोबाइल व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष समेत हुन् ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, उपाध्यक्षमा सालिकराम क्षेत्री महासचिवमा राजकुमार गुप्त, सचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा दान बहादुर जि.सी. र सह–कोषाध्यक्षमा दिनेश गुप्ता रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हरि बहादुर पाण्डे, दिपक पौडेल, प्रविण गैरे, सुमित कौशल, धिरज अग्रहरी, ऋषि न्यौपाने, पुरुषोत्तम खनाल, ईश्वर घिमिरे, सन्तोष श्रेष्ठ र मुक्तिराम न्यौपाने रहेका छन् । त्यस्तै संघको मानार्थ सदस्यमा सन्तोष नाउ रहेका छन् । 

नेपाल मोबाइल व्यवसायी महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष डी.एन. भण्डारीको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका महासचिव रमेश घिमिरे, केन्द्रीय सदस्य विष्णु ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघको लुम्बिनी प्रदेश सचिव विकास गौतमले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार