मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी

Ujyalosandeshonline 11768+ समाचार ( )
८ मंगशिर २०८१, शनिबार

जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजनीतिक परिर्वतन पछि नयँ संविधानको घोषणापछि राजनीतिको कार्यभार सकिएसँगै अब पार्टीका कमिटीहरुले विकास, समृद्धिको लागि काम गर्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी  जुम्लाले शनिबार जुम्लाको खलंगामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटि सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले  बदलिएको राजनीति र कार्यभार अनुसार पार्टीका तल्ला कमिटीहरुले आ–आफ्नो क्षेत्रमा नवनिर्माणको पहलकर्ता बन्नुपर्ने बताएका छन् । 

राज्यका आयोजना र स्रोत साधनको परिचालन राज्य संयन्त्रले गर्ने भएपनि ती आयोजनामा स्रोतसाधन परिचाल आवश्यक छ कि छैन वा ठिक ढंगले परिचालित भएका छन वा छैनन भन्ने विषयमा राजनीतिक दलका स्थानीय कमिटीहरुले खवरदारी गर्नुपर्ने पनि मुख्यमन्त्री कडेलको धारणा थियो ।

मुख्यमन्त्री कडेंलले  योजनाको लागि सरकारले बजेट बिनियोजन गरेपनि समयमा सम्पन्न हुन नसक्दा त्यसको गलत सन्देश प्रवाह भइरहेको चर्चा गर्दैमुख्यमन्त्री कडेलले  आयोजनालाई गुणस्तर बनाउन तथा  समयमै सम्पन्न गर्न  स्थानीय स्तरका पार्टी कमिटी तथा नेता कार्यकर्ता भूमिका हुनेमा जोड दिए । आयोजना समयमै सम्पन्न हुन सके जनताले स्याबासी दिने हुँदा गाउँठाउँमा आएका आयोजनालाई गुणस्तरीयसहित समयमा सम्पन्न गर्न सक्रियतापूर्वक लाग्दा राजनीतिक रुपमा राम्रो सन्देश प्रवाह हुने मुख्यमन्त्री कडेंललको भनाई थियो । 

मुलुक संघीय संरचनामा गइसकेपछि जनताको अपेक्षा धेरै भएकोले अपेक्षा अनुसार धेरै काम हुन नसकेपनि तर केही पनि नभएको जस्तो व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गर्दे मुख्यमन्त्री कडेलले भने,‘ओहोदामा पुग्दा जनभावना अनुसार काम गर्नुपर्छ भन्ने कुरा मलाई राम्रोसग हेक्का छ, यही सोचेर नै जिल्ला तथा स्थानीय स्तरमै पुगेर समस्या र गुनासाहरु सुनिरहेकोछु ।’

मुलुकको आर्थिक अवस्था त्यति सन्तोषजनक नरहेको चर्चा गर्दै मुख्यमन्त्री कडेलले राज्य स्वयंसँग  सिमित साधन र रहेको र  सिमित साधन श्रोतबाटै जनतालाई निराशा हुन नदिनेगरि उत्कृष्ट काम गर्नु परेको मुख्यमन्त्री कडेलको भनाई थियो ।

नीति, निर्माण, योजना र बजेट निर्माणमा जनप्रतिनिधिहरुको भुमिका भएपनि जनप्रतिनिधिले पास गरेका बजेट कार्यान्वयन गर्ने कर्मचारी प्रशासनको धेरै महत्व हुने बताउदै मुख्यमन्त्री कडेलले  हिमाली जिल्लाहरुमा कर्मचारी आउन नमान्ने भएकाले पनि निर्णय भएको बजेट पनि कार्यान्वयनमा समस्या देखिएको धारणा राखे ।

उनले कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज बनाउन र अभिप्रेरित गर्न स्थानीय राजनीतिक दलहरुलाई आग्रह गरे । मुख्यमन्त्री कडेलले जिल्लाको विकासमा सबै राजनीतिक दलहरुबीच जति धेरै एकता हुन्छ त्यतिनै प्राप्ति हुने हुँदा विकास र समृद्धिमा एक भएर अघि बढन दलका नेताहरुलाई आग्रह गरे । 

प्रदेश राजधानी बसेर नै अरुले सुनाएको भरमा विकासका योजना बनाउनुभन्दा स्थानीय स्तरमा  वास्तविक अवस्था बुझने उदेश्यले आफूले प्रदेशका सबै जिल्लामा पुग्ने उदेश्य राखेको र दशै वटै जिल्ला पुगेको पनि पनि मुख्यमन्त्री कडेलको भनाई थियो ।

जिल्लाको सार्वजनिक सेवा प्रवाह, विकास आयोजनाको अवस्था तथा, विकास निर्माणका प्राथमिकतावारे सरोकारवालासग छलफल र अन्तरक्रिया गरेसंगै आफूलाई जिल्लाको वस्तुगत अवस्थाबारे धेरै नै जानकारी भएको मुख्यमन्त्री कडेलको भनाई थियो ।

मुख्यमन्त्री कडेलले जिल्ला जादा आफुले नागरिकको सरकारप्रतिको धारणासगै बुझने र जान्ने वसर पाएको पनि बताए । व्यबस्था र दलहरुप्रति वितृष्णा फैलाउन एकथरी व्यक्तिहरु सक्रिय रहेको अहिलेको अवस्थामा  परिवर्तनको पक्षमा संघर्ष गरेको दलहरुप्रति जनमत श्रृजना गर्नु पनि प्रदेश सरकारको काम हो भन्ने उनको भनाई थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार