मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जानकी नवमीमा राष्ट्रिय विदाको माग, जनकपुरमा दबाब र्याली

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

जनकपुर । जानकी नवमी राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै जनकपुरधाममा एक दबाबमूलक र्याली निकालिएको छ । जानकी मन्दिर परिसरबाट सुरु भएको उक्त र्याालीमा साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

र्यासलीमा सहभागीहरूले ‘जननी जानकीको अपमान किन ?’, ‘जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !’, ‘हाम्रो आस्था–हाम्रो अधिकार’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ जस्ता माग गरेका थिए । उनीहरूले जानकी नवमीको अवसरमा वैशाख २३ गतेलाई राष्ट्रिय विदा घोषणा गर्न माग गर्दै सरकारलाई चेतावनी पनि दिए ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले र्याालीको नेतृत्व गर्दै संघीय सरकारको चासोहीनताप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘जानकीको जन्मोत्सव हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक अस्तित्वसँग प्रत्यक्ष जोडिएको पर्व हो । बुद्ध जयन्तीमा विदा हुन्छ । तर, जानकी नवमीमा किन हुँदैन? यो धार्मिक भेदभाव हो । आस्थाको अपमान हो ।’

महन्थ दासले जानकी नवमीको महत्व मिथिला वा तराईको सीमामा मात्र नदेखी सम्पूर्ण भारत–नेपालको साझा सांस्कृतिक परम्परासँग जोडिएको उल्लेख गरे । ‘राम जन्मभूमि अयोध्यालाई जति महत्त्व दिइन्छ, जानकी जन्मभूमि जनकपुरलाई पनि त्यत्तिकै सम्मान मिल्नुपर्छ,’उनले भने ।

उनका अनुसार जानकी नवमी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र अवसर हो । यसको राष्ट्रिय मान्यता नदिँदा नेपाल सरकार हिन्दू जनताको भावनासँग खेलिरहेको छ । उनले भने, ‘यदि हाम्रो आवाज राज्यका कानसम्म पुगेन भने हामी बाध्य भएर सडकबाट आन्दोलन चर्काउनेछौं ।’

यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय विदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राखिनुपर्ने माग गरिएको थियो । तर, अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार