मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

रासस 719+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

भोजपुर। यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान  स्तरोन्नतिका काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब रु १५ लाखको लागतमा खेलमैदान स्तरोन्नति भइरहेको हो । उहाँले भन्नुभयो, “युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै स्थानीयस्तरमै खेल गतिविधि सञ्चालन गर्न सहज बनाउने उद्देश्यले मैदान स्तरोन्नतिको काम अघि बढाएका हौँ ।” 

वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताउनुभयो । मैदानका स्तरोन्नतिपछि यहाँ फुटबल, भलिबललगायत विभिन्न खेल नियमित रूपमा सञ्चालन गर्न सहज हुनेछ । खेलमैदान स्तरोन्नतिले गाउँमै खेल प्रतियोगिता आयोजना तथा त्यसमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पनि सहयोग पुग्ने अपेक्षा रहेको स्थानीय युवा सिरोज श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार