मुख्य समाचार
प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सम्पन्न | नेपाल–भारत पत्रकारिताबीच सहकार्य विस्तारमा जोड | खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु | भैरहवामा गुडिरहेको मोटरसाइकलबाट युवकलाई लतारेर अपहरण र ज्यान मार्ने प्रयास, एक जना पक्राउ | रूपन्देहीमा 'सुरक्षित ई-रिक्सा यात्रा' अभियान: लाइसेन्स नभएका ४४ ई-रिक्सा कारबाहीमा | भैरहवामा युयनवी क्यामेराको ‘पार्टनर मीट’ सम्पन्न | लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा | उद्योगमा आगलागीबाट पाँच करोडको क्षति | लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी |

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

रासस 527+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

भोजपुर। यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान  स्तरोन्नतिका काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब रु १५ लाखको लागतमा खेलमैदान स्तरोन्नति भइरहेको हो । उहाँले भन्नुभयो, “युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै स्थानीयस्तरमै खेल गतिविधि सञ्चालन गर्न सहज बनाउने उद्देश्यले मैदान स्तरोन्नतिको काम अघि बढाएका हौँ ।” 

वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताउनुभयो । मैदानका स्तरोन्नतिपछि यहाँ फुटबल, भलिबललगायत विभिन्न खेल नियमित रूपमा सञ्चालन गर्न सहज हुनेछ । खेलमैदान स्तरोन्नतिले गाउँमै खेल प्रतियोगिता आयोजना तथा त्यसमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पनि सहयोग पुग्ने अपेक्षा रहेको स्थानीय युवा सिरोज श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार