मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

जगर्श ग्रुपको भित्तेपात्रो विमोचन

Ujyalosandeshonline 12611+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

भैरहवा । जगर्श ग्रुप, भैरहवाको नया वर्ष २०८२ को भित्तेपात्रो विमोचन एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आईतबार भैरहवामा एक कार्यक्रम गरि ग्रुपले भित्तेपात्रो विमोचन गरेको हो । 

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक राजु न्यौपानेले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै भित्तेपात्रो जगर्श ग्रुप र शुभचिन्तकहरू बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । उनले जगर्श ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राखेको र यो भित्तेपात्रो पनि सोही भावना अनुरूप तयार पारिएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जगर्श ग्रुप विभिन्न सामाजिक क्रियाकलापमा अग्रस्थानमा रहेकोले यसको प्रंशसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । 

जगर्श ग्रुप, भैरहवाका अध्यक्ष प्रियवन्धु न्यौपानेको अध्यक्षता सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, ग्रुपका संस्थापक अध्यक्ष अनिल उपाध्याय, पूर्व अध्यक्ष विकास कुमार सेन, हरिश्चन्द्र श्रेष्ठ लगायतले बोल्दै जगर्श ग्रुपलाई सामाजिक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन ग्रुपका सदस्य मनोरञ्जन शर्माले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार