मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

अर्घाखाँचीमा माघ २७ देखि किशोरीहरूलाई एचपीभी खोप लगाइने

Ujyalosandeshonline 12461+ समाचार ( )
२२ माघ २०८२, बुधवार

अर्घाखाँची । स्वास्थ्य कार्यालय अर्घाखाँचीले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । कार्यालयले आगामी माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई यो खोप लगाउने तयारी गरेको हो ।

अभियानबारे जानकारी दिन आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले अभियानमा शतप्रतिशत नतिजा प्राप्त गर्ने गरी लाग्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक कक्षा ६ मा अध्ययनरत सम्पूर्ण छात्राले यो खोप लगाउने छन् । साथै, गत वर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पनि खोप लगाउने तयारी गरिएको छ ।

सरकारले यस वर्षदेखि एचपीभी खोपलाई नियमित खोप अभियान अन्तर्गत समावेश गरेको पोखरेलले बताउनुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार