मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

माओवादी केन्द्र भंग, मंसिरमा विशेष महाधिवेशन

Ujyalosandeshonline 12320+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्र अब महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । साथै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ । शुक्रबार शुक्रबार प्रज्ञा भवन कमलादीमा सकिएको बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका अधिकांश प्रस्तावहरु स्वीकृत पनि भएका हुन् । अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गरिएको हो । सो क्रममा अध्यक्ष प्रचण्डकै संयोजकत्वमा विशेष महाधिवेशन गर्ने निर्णय भएको सापकोटाले जानकारी दिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । जसलाई केन्द्रीय समितिले पारित गरेको हो । 

‘जेनजी आन्दोलनलाई विकसित पारी यस स्थितीमा विशेष महाधिवेशन आयोजना गरिनेछ । केन्द्रीय समिति विगठन गरि आयोजक समिति बनाउने निर्णय भयो । अध्यक्षलगायत सबै पदाधिकारीहरुको व्यवस्था स्थगित गर्ने र महाधिवेशनमा जेनजी लगायत युवाहरुको अधिकतम सहभागिताको लागि वातावरण तयार पार्ने निर्णय भएको छ,’ सापकोटाले बताए । 

बैठकले पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने र युवाहरूलाई प्रथामिकता दिने निर्णय समेत गरेको छ । आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने, अन्य प्रस्तावहरुलाई समेटेर अघि बढ्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार