मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

‘लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण’

Ujyalosandeshonline 12334+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको  खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रुपमा लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन् । 

उनले पछिल्लो समय लागुऔषधले भयावह स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए ।‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रुपमा देखिएको छ,’गृहमन्त्री लेखकले भने,‘लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै सुरुवता गरोस् ।’

उनले लागुऔषधले घर घरका बालबालिकाहरु प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी संघ संस्था सबैले गम्भीर रुपमा लिएर लागुऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए । त्यसैगरी उनले निजी तथा आवासिय विद्यालयहरुले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्वपूर्ण भुमिका रहेको बताए । उनले शिक्षाको क्षेत्रमा निजी र आवासिय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार