मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

प्रविधिको विकास संगै परम्परागत पानीघट्ट संकटमा

Ujyalosandeshonline 10783+ समाचार ( )
गोविन्द्र राज तिमिल्सेना
१० भाद्र २०८२, मङ्गलबार

बाजुरा । पछिल्लो समय जिल्लामा परम्परागत पानीघट्ट संकटमा पर्दै गएका छन् । प्रविधिको विकास भएसंगै परम्परागत पानीघट्ट हराउदै जान थालेका हुन् । गाउँघरमा पिसानी सहज गर्नका लागी बनाइएका पानीको सहायताले चल्ने घट्टहरु अहिले लोप हुँदै गएका छन् । 

मानिसहरु बिलासी जिवनमा निर्भर भएका कारण प्रविधिको सहायताले कुटानी पिसानी गर्न थालेपछी यस्ता प्रबिधि हराउन थालेका हुन् । पहिलेको जस्तो आजभोली गाउँघरतिर पानी घट्ट बिस्तारै देखिनै छाडेका छन्  । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका परम्परागत प्रविधिहरु लोपोन्मुख अवस्थामा छन् ।

प्रविधिको विकास संगै बिभिन्न यन्त्र उपकण आउन थालेपछी मानिसहरुले झन्झट मानेर मिलमा अन्न कुटानी पिसानी गर्न थालेपछी यस्ता प्रविधिको अस्तित्व संकटमा पर्दै गएको बडीमालिका नगरपालिका ७ का घट्टचालक कञ्जरे लुहारले बताए । पानी घट्टमा मेहेनत धेरै लाग्ने तर प्रविधिले बनाएका यन्त्रमा छिटोछरितो हुुने हुँदा मानिसहरु कुटानी,पिसानीको लागी मिलकै भर पर्ने भएकाले पछिल्लो समय पानी घट्ट लोप हुदै गएको उनको भनाइ छ  ।

पहिले गाउँघर तिर धेरै घट्टहरु संञ्चालनमा रहे पनि विस्तारै प्रविधिको भर पर्दा बनाइएका घट्टहरु पनि संकटमा पर्न थालेको अर्का स्थानीय आदीचन्द्र पाध्यायले बताए । प्रविधिको बिकाशले पानीघट्ट मात्रै नभई ढिकी,जातो,लगायतका अन्य निगालोबाट बन्ने प्रविधिहरु पनि बिस्तारै हराउन थालेको पाध्यायको भनाइ छ ।

पानीघट्टले पिसेकोे पिठोको परिकार खाँदा शरिर पनि हस्टपुष्ट हुने, तागत लाग्नुका साथै घट्टमा पिसेको अन्नको ढिँडो निकै राम्रो मानिन्थ्यो तर अहिले सबै विद्युतीय मिलको भर पर्ने हुँदा परम्परागत प्रविधि लोपन्मुख भएको प्रती पुर्खाहरुको चिन्ताको बिषय बनेको छ ।

प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा अन्न पिस्न छिटो हुने, पानीघट्टमा जस्तो मेहेनत नलाग्ने भएकाले पानीघट्टप्रतिको आकर्षण घट्दै गएको हो ।जिल्लाका ९ वटै पालिकामा प्रविधियुक्त मिलहरु सञ्चालन भए पछी पानीघट्ट लोप भएका छन् । परम्परागत सीप झल्किने पानी घट्ट लोप हुँदै जादा यिनीहरुको अस्तित्व संकटमा परेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार