मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति

Ujyalosandeshonline 11904+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

रौतहट । रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागिमा करिव १३ लाख २० हजार बराबरको क्षति भएको छ । गरुडा नगरपालिका वडा नम्वर ४ स्थित तरकारी बजारमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । पसलमा खाना पकाउने क्रममा सल्किएको आगोले सात वटा फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए । 

उनका अनुसार गरुडा ८ जिगडियाका शेख कमाउद्दिनले संचालन गरेको मासु पसलमा एक लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल र सुजितकुमार चौधरीको खाजा पसलमा गरी ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरिया बस्ने सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख बराबरको क्षति भएको छ । गौर नगरपालिकाबाट आएको बारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार